१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

उपप्रधानमन्त्री खड्काको स्पष्टिकरण: अदालतमा विचाराधिन मुद्दाका कारण दु्रतमार्गको काम अपेक्षाअनुसार अघि बढेन

उपप्रधानमन्त्री खड्काको स्पष्टिकरण: अदालतमा विचाराधिन मुद्दाका कारण दु्रतमार्गको काम अपेक्षाअनुसार अघि बढेन
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अदालतमा विचाराधिन मुद्दाका कारण नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई/मधेस दु्रतमार्ग निर्माण कार्यले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले शुन्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले जग्गा प्राप्ती, प्रस्थान बिन्दुको विवादलगायतका विषयमा अदालतमा कतिपय मुद्दा विचाराधिन अवस्थामा रहेकाले सो द्रुतमार्गको निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न नसकेको प्रष्टयाउनुभएको हो ।

उपप्रधानमन्त्री खड्काले थप गरिएको समय २०८३ साल चैत्र मसान्तभित्र सो दु्रतमार्गको काम सम्पन्न हुने आश्वासन समेत दिनुभयो । सो दु्रतमार्ग निर्माणको क्रममा देखिएका समस्या समाधानका लागि सरकारले विभिन्न समितिहरु बनाएको र त्यसले ती समस्याहरुलाई समाधान गर्दै आएकाले थप गरिएको समयमा निर्माण कार्यले पूर्णता पाउने तर्क उहाँले गर्नुभयो । उपप्रधानमन्त्री खड्काले हालसम्म सो दु्रतमार्गको काम ३० दशमलव ९६ प्रतिशत सम्पन्न भइसकेको पनि समितिलाई जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘जग्गा प्राप्ती, वातावरणीय प्रभाव मूल्यांकनलगायतका विषयमा लामो समय लाग्ने, प्रस्थान बिन्दुको विवादलगायतका विषयमा अदालतमा मुद्दा पर्ने र त्यस्ता मुद्दा विचाराधिन रहेको अवस्थामा खरिद व्यवस्थापनको कार्य अगाडि बढाउन नसकिने जस्ता कारणले अपेक्षित प्रगति भने हासिल हुन सकेको छैन । आयोजना कार्यान्वयनको क्रममा देखिएका समस्या समाधान गर्न समितिहरु गठन भई समस्या निदानका लागि कार्य भइरहेको कुरा म माननीय सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु । यसैक्रममा कतिपय समस्याहरु समाधान भईसकेका छन भने केही समस्याहरु निराकरण हुने चरणमा रहेको जानकारी गराउन चाहन्छु । यी विविध समस्याले गर्दा सोचेअनुरुप लक्ष्य हासिल गर्न नसकिएको भएतापनि हालसम्म अधिकांश प्याकेजहरु खरिद प्रक्रिया र निर्माणको प्रक्रियामा प्रवेश गरिसकेको साथै प्रारम्भिक चरणका सम्पूर्ण कार्यहरु सम्पादन गरी दु्रतमार्ग निर्माणको भौतिक प्रगति ३० दशमलव ९६ प्रतिशत हासिल भइसकेकोले २०८३ चैत्र मसान्त भित्रै निर्माण सम्पन्न हुने कुरामा म सम्माननीय अध्यक्षज्युमार्फत माननीय सदस्यहरुलार्य आश्वस्त पार्न चाहन्छु ।’

नेपाली सेनाले जिम्मा लिएको सो दु्रतमार्गको काम २०८१ मंसिरभित्र सम्पन्न गरिसक्ने सम्झौता गरिएको थियो । तर त्यस अवधिमा नसकिने भएपनि २०८३ साल चैत्र मसान्तसम्मको समय थप गरिएको छ । उपप्रधानमन्त्री खड्काले थप गरिएको पछिल्लो समय भित्र सो द्रुतमार्गको निर्माण कार्य सम्पन्न हुने आश्वासन दिनुभयो ।