२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस नेतृत्वमा सरकार बनाउन ढिला गर्नुहुँदैन: सांसद डा.शर्मा



अ+ अ-

काठमाडौं ।नेपाली काँग्रेसका सांसद डा .सुनिलकुमार शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्व गर्न नहुने बताउनुभएको छ ।

पार्टीको फागुन ७ गतेदेखि शुरु हुने महासमिति बैठकका आफूले छुट्टै पेश गर्ने प्रश्ताव शनिवार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उहाँले सो कुरा बताउनुभएको हो । वर्तमान अप्राकृतिक गठबन्धनका कारण नेपाली काँग्रेस जनताप्रतिको जिम्मेवारीबाट विमुख भएको प्रश्न उठिरहेको दाबी गर्दै सांसद शर्माले पार्टीको रुपान्तरण र आफू नेतृत्वको जनमुखि सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्ने आफ्नो प्रश्ताव रहेको पनि स्पष्ट पार्नुभयो । भ्रष्टाचार र कुशासनले थिलोथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली काँग्रेस कानमा तेल हालेर बस्न नमिल्ने उहाँको भनाई थियो । सांसद शर्माले लोकप्रियतावादीहरु र अतिवादीहरु नेपाली काँग्रेसका मुख्य चुनौति रहेको भन्दै जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखि सरकार निर्माण गर्ने कुरामा विलम्व गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचार र कुशासनले थिलोथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली काँग्रेस कानमा तेल हालेर बस्न मिल्दैन । काँग्रेस आफ्नो नीतिमा प्रष्ट हुन जरुरी छ । काँग्रेसले आफू नीतिमा प्रष्ट हुनुपर्छ । र आफू सम्मिलित सरकारलाई सुशासन, डेलिभरीसहित जनमुखि बनाउनु पर्छ । नसके काँग्रेसका लागि आउने दिनहरु कठिन छन् । लोकप्रियतावादीहरु र अतिवादीहरु अहिले नेपाली काँग्रेसका मुख्य चुनौति हुुन् । काँग्रेसले जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखि सरकार निर्माण गर्ने कुरामा विलम्व गर्नुहुँदैन । अप्राकृतिक गठबन्धनका कारण नेपाली काँग्रेस अहिले जनताप्रतिको जिम्मेवारीबाट विमुख भइराखेको भनेर जनताले प्रश्न उठाइराखेका छन । मैले नेपाली काँग्रेसका रुपान्तरण र काँग्रेसको नेतृत्वमा जनमुखि र जनताप्रति उत्तरदायी निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माणका लागि महासमिति बैठकका लागि प्रश्ताव ल्याएको छु ।’

सांसद शर्माले वर्तमान गठबन्धनको अन्त्य गरी सरकार निर्माणको ढाँचा बदल्ने कुरामा काँग्रेसले बेवास्ता गर्न नमिल्ने जिकिर पनि गर्नुभयो । —न्युज एजेन्सी नेपाल