२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन

भारोत्तोलनमा भविष्य खोज्दै किशोरीहरु

भारोत्तोलनमा भविष्य खोज्दै किशोरीहरु
अ अ+ अ-

सप्तरी । उमेरले १२ वर्ष मात्र पुगेकी छिन्, अम्बिकाकुमारी यादव । कक्षा ५ मा अध्ययनरत सप्तरीको राजविराज नगरपालिका–६ की उहाँ भारोत्तोलन खेलको अभ्यासमा छ महीनादेखि निरन्तर अभ्यासरत छिन् । राष्ट्रियस्तरको पदक प्राप्त गर्ने र भविष्यमा सेना बन्ने सपना बुनेकी उहाँ बिहान ८ बजेदेखि ११ बजेसम्म फलामको गह्रौँ भारी उचाल्ने कठोर अभ्यास गर्छिन् । उहाँको पदक प्राप्त गर्ने परीक्षा नजिकिएको छ । कोभिड–१९ को महामारीपछि पहिलो पटक राष्ट्रियस्तरको भारोत्तोलन प्रतियोगिता राजविराजमा हुँदै छ । 

यही फागुन २९ र आगामी चैत १ गते आयोजना हुने ‘देवसुन्दर यादव स्मृति प्रथम राष्ट्रिय भारोत्तोलन’ प्रतियोगितामा ४० किलो तौल समूहमा उहाँ प्रतिस्पर्धा गर्दैछिन् । भारोत्तोलन प्रशिक्षक पुन्तीलाल यादवका अनुसार सबैभन्दा कान्छी खेलाडीका रुपमा सहभागिता जनाउने अम्बिकाले पदक प्राप्त गर्ने निश्चित छ । हजुरबुवा दुर्गानन्द यादवको प्रेरणाले खेल क्षेत्रमा होमिएकी उहाँको एउटै लक्ष्य छ सेना बनेर सेवा गर्ने । खेल क्षेत्रमा राम्रो गरे सेनामा सहज प्रवेश पाउने विश्वास बोकेकी उहाँ भन्नुहुन्छ, “देशको सेवासँगै सेनामा प्रवेश पाए आफ्नो खेल क्षमता पनि विकास हुनेछ”, आफ्नो सपना र लक्ष्य भनिरहँदा उनका आँखाभरी रहर र सपना भाव प्रष्ट झल्किन्थ्यो ।
    
भारोत्तोलनमा भविष्य सपार्ने सपना बुन्दै तीन वर्षदेखि कडा परिश्रम गरिरहेकी अर्की किशोरी हुन् विष्णुपुर गाउँपालिका–४ की १६ वर्षीया पूजाकुमारी मण्डल । कक्षा १० मा अध्ययनरत उहाँले प्रदेशस्तरमा स्वर्ण पदक प्राप्त गरी नेपालगञ्जमा २०७५ सालमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाइसक्नुभएको छ । यसपटक उहाँले राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्णपदकको आशा गर्दै ४९ किलो तौल समूहमा प्रतिस्पर्धा गरिरहनुभएको छ । 
    
विष्णुपुर गाउँपालिका–१ खुरहुयिाकी १५ वर्षीया सरिता यादव सबैभन्दा जोशिली खेलाडी हुन् । एघार वर्षको उमेरदेखि खेल्न शुरु गरेकी उहाँले प्रदेश २ स्तरको प्रतियोगितामा स्वर्णपदक प्राप्त गर्नुभएको छ । उमेरले कलिलै भए पनि राष्ट्रिय र प्रदेशस्तरीय प्रतियोगितामा दुई÷दुई पटक सहभागिता जनाएर अनुभव बटुलेकी उहाँ पदकको आकाङ्क्षा राख्दै साइकलबाट छ किलोमिटरको दूरी तय गरी नियमित अभ्यासमा आउनुहुन्छ । 
    
पाइलैपिच्छे विभिन्न चुनौती र अभावको सामना गर्दै अगाडि बढिरहेकी खेलाडी हुन विष्णुपुर गाउँपालिका–३ मुसहरनियाकी १८ वर्षीया काजल सदा । अभावग्रस्त दैनिकीका बाबजुद भारोत्तोलनमा भविष्य खोज्दै अगाडि बढेकी उहाँले प्रदेश २ स्तरमा स्वर्ण पदक र नेपालगञ्जमा २०७५ सालमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा कास्यपदक पाउनुभयो । उक्त सफलताले पाएको हौसलाका साथ अभ्यासमा तल्लिन उहाँले राजविराजमा हुन गइरहेको राष्ट्रिय्स्तरको प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने र पदक ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
    
उहाँलाई नै आफ्नो प्रेरणाको स्रोत बताउने सोही गाउँकी १७ वर्षीया किरणकुमारी सदा पनि तीन महीनादेखि भारोत्तोलन खेलको अभ्यासमा हुनुहुन्छ । किरणले भन्नुभयो, “एकदिन मैले काजलले भारोत्तोलन उचालेको देखेर बडो रोमाञ्चक लाग्यो । पुरस्कृत भएर गाउँ आएपछि उहाँसँग समाजको सकारात्मक व्यवहार देखेर मलाई पनि त्यसै गरी खेल्ने इच्छा जाग्यो ।” 
    
परिवारले भरपुर साथ दिएपछि विष्णुपुर गाउँपालिका–५ कट्टीकी १९ वर्षीया ज्योतिकुमारी मण्डल पनि दुई महीनादेखि अभ्यास गरिरहेको छ । उहाँका बुबाआमाले आफन्तका अगाडि उनलाई चिनाउँदा ‘मेरो छोरा हो यो’ भन्दै पिँठ्यू थपथपाउँछन् । तीन दिदीबहिनीमा माइली ज्योतिले दाजुभाई नभए पनि बुवाआमाबाट छोरासरहको भरोसा र व्यवहारले उहाँलाई अगाडि बढ्न प्रेरणा मिलेको छ । 
    
विद्युतीय मिस्त्री बुवा श्याम मण्डल र गृहणी आमा शोभादेवी मण्डलको छोरासरहको व्यवहारले उहाँको सिङ्गो दृष्टिकोण परिवर्तन गरिदिएको छ । भविष्यमा सेना बन्ने सपना साँचेकी उहाँले विद्यालयमा पढिरहेकै बेला एनसिसी तालीम पनि लिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “मलाई त्यो सैनिक पोशाकमा यति भाँती लगाव छ कि म छिट्टै नेपाली सेना बन्छु ।”
    
चुनौतीका बाबजुद खेल क्षेत्रमा किशोरीको आकर्षण बढ्दै जानुमा राम्रो गर्नसके सेना, सशस्त्र र नेपाल प्रहरीमा प्रवेश पाउन सहज हुने उहाँहरूको विश्वास छ । राजविराजस्थित जिल्ला खेलकूद विकास समिति परिसरमा नियमित तीन घण्टा अभ्यासमा जुटने गरेकी विष्णुपुर मुसहर्नियाकी १६ वर्षीया आरतीकुमारी रजक हुन की राजविराज खरसाल टोलकी १४ वर्षीया अञ्जलीकुमारी यादव हुन् । अधिकांशको सपना खेल क्षेत्रमा राम्रो गर्ने र नेपाली सेना बन्ने रहेको छ । 
    
परम्परागत सामाजिक मान्यताका कारण अनेक आलोचना झेल्नुपर्ने अवस्थाले अन्य क्षेत्र झैँ खेल क्षेत्रमा पनि महिलाको उपस्थिति कमजोर रहेको उहाँहरूको बुझाइ छ । छोरासरह छोरीलाई पनि खेल क्षेत्रमा सहजरुपले हेर्ने वातावरण हुनुपर्ने ज्योतिको भनाइ छ । 
    
समान सहभागिता नै आजको विकासको अपरिहार्यता रहेको भन्दै समान सोंच र व्यवहारको आवश्यकता रहेको सरिताले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हौसला, हिम्मत र देशका लागि सेवा गर्ने दृढता छ, सोहीअनुसारको प्रोत्साहन गर्ने वातावरण आवश्यक छ ।” 
    
स्थानीय निकाय, सङ्घसंस्था र सम्बन्धित निकायले खेल क्षेत्रमा भविष्य खोजिरहेकी छोरीलाई प्रोत्साहन गर्नसके आकर्षण बढ्ने र गुणस्तर पनि बढ्ने खेलाडीको धारणा छ । भारोत्तोलनमा दुई महिलासहित १२  अन्तरराष्ट्रिय खेलाडी जन्माउने जिल्लामा पछिल्लो समय किशोरीको सहभागिता बढाउन प्रयासरत प्रशिक्षक पुन्तीलाल यादव थप प्रोत्साहनको आवश्यकता रहेको बताउँनुहुन्छ । चिनजानका अभिभावकलाई भनसुन गरेर प्रोत्साहित गर्दै प्रशिक्षण गर्ने गरेको जानकारी दिँदै यादव भन्नुहुन्छ, “प्रोत्साहन पाएमा सप्तरीको शम्भुनाथकी देवी , कविता  र शान्ति चौधरी झैँ सप्तरीका किशोरीले दक्षिण एशियाली खेलकूद (साग) लगायत अन्तरराष्ट्रिय प्रतियोगितामा पदक दिलाएर मुलुककै गरिमा बढाउने छन् ।” नानीमैयाँ कटवाल/रासस