२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन

किन कम उमेर मै छाला चाउरिन्छ ? यस्तो छ कारण र उपाय !

किन कम उमेर मै छाला चाउरिन्छ ? यस्तो छ कारण र उपाय !
अ अ+ अ-

एजेन्सी । उमेर बढेसँगै छाला चाउरिने क्रम पनि बढ्दै जान्छ । यसलाई सामान्य रुपमा नै लिनुपर्छ । तर, कलिलो उमेरमै छाला चाउरिने समस्या देखियो भने यसको उपचार खोजीतिर लाग्नु पर्छ । पछिल्लो समय किशोर उमेर मै धेरैको छाला चाउरिन थालेको छ । केही व्यक्तिमा त किशोर अवस्थामै छाला चाउरिन थालेपछि मानसिक रोगी समेत बनेका छन् ।

छालाको भित्री सतहमा इलास्टिन र कलेजिन नामक फाइबर हुन्छन् । यी फाइबरले छालालाई स्वस्थ्य राख्न सहयोग गर्छ । बिविध कारणले यी फाइबरको कमी भए छाला कमजोर र लचकदार भएर आफ्नो ठाउँ छोड्न थाल्छ र छाला चाउरिने क्रम बढ्छ । स्वभाविक रुपमै ढल्किदो उमेरसँगै यी फाइबरले आवश्यकता अनुरुपको काम गर्न नसकेर छाला चाउरिन्छ । 

कम उमेरमै छाला चाउरिने कारण :

१) सूर्यको सिधा प्रकाशमा धेरै समय बस्दा 
२) सूर्यको बिकिरण वा अल्ट्राभाइलेट किरण सिधै छालामा पर्दा यसले प्रत्यक्षपरोक्ष हानी गर्छ
३) यस्तो किरणले छालालाई चाहिने इलास्टिन र कलेजिन नामक फाइबर घट्दा
४) धुम्रपान तथा मध्यपानको सेवन 
५) वंशाणुगत गुण  
६) प्रदुषित वातरण 
७) कम गुणस्तर र छालाको प्रकृति विचार नगरि सौन्दर्य सामग्रीको प्रयोग 
८) बढी तौल    
९) मधुमेह तथा थाइराइट  
१०) पानी कम पिउनु  
११) तनाव 

उपायहरु :
१) सम्भव भएसम्म सूर्यको किरणबाट जोगिने 
२) धुम्रपान तथा मध्यपान नगर्ने 
३) पौष्टिक आहार सेवन गर्ने 
४) सक्रिय जीवनशैली अपनाउँने 
५) छालाको प्रकृति हेरेर विशेषज्ञको सुझाब अनुसार घाममा निस्कदा सधै सन्सक्रिमको प्रयोग गर्ने 
६) पछिल्लो समय चाउरिएको छालालाई अस्थायी रुपमा लेजर वा अन्य विधिबाट हटाउने
७) बुढेस्कालमा चाउरिएको छाला तल लत्रिन्छ भने कम उमेरमै चाउरिए पछाडितीर सोरिन्छ 

उमेर बढेसँगै छाला चाउरिने प्रक्रिया रोक्न निकै कठीन छ । यो स्वभाविक पनि हो । तर, बेलैमा छालाको हेरचाह गर्दा चाउरिपना कम गर्न भने सकिन्छ ।