१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य नै छैन: शंकर पोखरेल

वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य नै छैन: शंकर पोखरेल
file photo
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामथ्र्य नरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । महासचिव पोखरेलले वर्तमान सरकारले लाचारीले मुलुकको राष्ट्रिय हितको विषय ओझेलमा परेको बताउनु भयो । उहाँले ओलीले महाकाली सन्धिको सन्दर्भमा आफैँले उठान गरेको लिपुलेक र कालापानी नेपालको भूमि हो भन्ने कुरालाई आफू प्रधानमन्त्री भएको बेला कामै गरेर पुष्टि गरेको बताउनु भयो । महासचिव पोखरेलले ओलीले भारतसँग महाकाली सन्धिबारे पुरावलोकन गर्ने विषयलाई २०४९ सालमा संसदमा उठाएको उल्लेख गर्दै त्यसलाई मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा भारतसँग सो विषयमा औपचारिक प्रश्ताव राखेको तथ्य पनि स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको सरकार भनेको राष्ट्रिय हितलाई नेतृत्व गर्नसक्ने सामथ्र्यको सरकार नै छैन । केही ओलीले त्यतिबारे महाकाली सन्धिबारे जे कुरा राख्नुभयो । महाकाली सन्धिकोसन्दर्भमा यसको सीमाना लिपुलेख र कालापानी हो भनेर त्यतिबेला संसदमा विषय प्रवेश गराउने उहाँ हुनुहुन्थ्यो । र अन्तिममा उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्शा प्रकाशित गरिकन आफ्नो अडानमा दृढ रहेको पुष्टि गर्ने काम गर्नुभएको छ ।’

‘अर्थात उहाँले बोल्नु मात्रै भएको छैन । बोलेका कुराहरुलाई आफू जिम्मेवारीमा रहँदाखेरी त्यसलाई पुष्टि गर्ने काम गर्नुभएको छ भन्ने कुरा म राख्न चाहन्छु । अर्को, राष्ट्रिय हित र सरोकारको प्रश्नमा परराष्ट्र नीतिलाई कसरी प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्छ भन्ने कोणबाट उहाँले संसदमा बोलेका कुराहरु चाहे त्यो असमान सन्धि, सम्झौता पुनरावलोकन कुरा, २०४९ सालमै उहाँले संसद भित्र असमान सन्धि, सम्झौताको पुरानवलोकनको विषय संसदमा प्रवेश गराउनुभएको रहेछ । नेपालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि त्यो विषय प्रधानमन्त्रीको तर्फबाट भारतमा प्रश्तुत गरियो ।’

महासचिव पोखरेलले ओलीले बोलेका कुरालाई काम उतार्ने नेताको रुपमा आफूलाई बलियोसँग उभ्याएको समेत बताउनु भयो ।