१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

बाँदरको निकासी गर्नुहुँदैन: संरक्षणविद्

बाँदरको निकासी गर्नुहुँदैन: संरक्षणविद्
अ अ+ अ-

काठमाडौँ । संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने बताएका छन् ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने धारणा राखेका हुन् । उनीहरुले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्ने काम गर्नु नहुने बताएका छन् । बैठकमा बोल्दै संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्दै त्यसो गर्नु नहुने बताउनुभयो । उहाँले बाँदरको निकासी गरेर बाँदर आक्रमण कम नहुने बताउनु भयो । उहाँले बाँदरले अत्याधिक दु:ख दिएको अवस्थामा सरकारले निर्णय गरेर बाँदर मार्न भने सकिने धारणा राख्नुभयो ।

संरक्षित जनावरलाई मात्रै मार्न नपाउने नेपालको विद्यमान कानून रहेको उल्लेख गर्दै उहाँले रातो बाँदर संरक्षित जनावरभित्र नपर्ने स्पष्ट पार्नुभयो । यद्यपी बाँदर शिकार गर्ने जनावर पनि नभएको भन्दै उहाँले दु:ख दिएमा सरकारले निकास दिन सक्ने बताउनु भयो । त्यस्तै बँदेलले पनि धेरै दु:ख दिने गरेको अवस्थामा बँदेललाई मार्न दिनुपर्ने बताउनु भयो । अथवा बँदेललाई बच्चामै नि:शुल्क रुपमा व्यक्तिहरुलाई दिन सकिने पनि बताउनु भयो । पछिल्लो समय मानव र वन्यजन्तुका बीचमा द्वन्द बढ्दै गएको भन्दै उहाँले अधिक वन्यजन्तुप्रेमी हुनुपनि आवश्यक नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘द्वन्द्व बढ्ला भनेर हामीले के भनेका थियौँ भने संरक्षित सूचिमा नपरेका वन्यजन्तुहरु जुन छ, त्यो सूचिमा भएका वन्यजन्तुहरुलाई मध्यवर्ति क्षेत्रको वनमा शिकार खेल्न पाइन्छ भनेर नियमावलीमै छ यो कुरा । प्रयोगमा आउँन दिँदैन उहाँहरु । किन दिदैन भने, बन्दुक पड्कियो भने आर्मिलाई टेन्शन हुन्छ कहाँ पड्कियो ? किन पड्कियो ? उनीहरु दौडनुपर्ने ? यस्तो रहेछ । अर्को कारण अधिक प्रेमी भए । नयाँ जोगीले बढी खरानी धस्छ भनेजस्तै बढी वन्यजन्तुप्रेमी भएर पनि काम छैन । यो पनि एउटा फसल नै हो । यसलाई पनि काट्नुपर्छ । झिक्नुपर्छ । त्यहाँबाट यदि बँदेलहरु आउँछ । त्यसले सबभन्दा बढी दु:ख दिन्छ भने सानो बच्चाहरु त्यसको जुन समय हुन्छ । समयमा त्यो बच्चाहरुलाई हामीहरुले नि:शुल्क लिन दिए भयो । निकासी गर्न दिए भयो । बँदेललाई मार्न दिए भयो । अब उहाँहरुले धेरैजसो बाँदरको कुरा गर्नुभयो । बाँदरको कुरामा उहाँहरुले के भन्नुभयो भने बाँदर त अब निकासी नै गर्नुपर्छ क्यारे ।

मैले भने तपाईहरुलाई चेलिबेटी निकासी गरेर पुगेन । यहाँको मूर्तिहरु निकासी गरेर पुगेन । धर्म संस्कृतिसँग सम्बन्धित बाँदरलाई निकासी गर्ने विचार कसरी आयो ? मानिलिउँ तपाईले १०० वटा बाँदर निकासी गर्नुभयो भने के बाँदरको आक्रमण कम हुन्छ ? यस्तो नचाहिने कुरा नगर्नुस् म कहिल्यै पनि कन्भिन्स् हुँदैन । मेरै पालामा बाँदर निकासीको कोसिस पनि भएको थियो । मैले नै रोकेको पनि हो । दिपक बोहोरा मन्त्री हुनुहुन्थ्यो त्यतिबेला । उहाँलाई मैले कन्भिन्स् गरेर रोकेको पनि हो । यदि बाँदरले साँच्चिकै दु:ख दिन्छ भने बाँदरलाई मार्नुस् । समस्या छैन । सुकुटी बनाएर बेच्नुस् मलाई त्यसमा पनि समस्या छैन ।

तर जिउँदो बाँदरलाई ६ महिनासम्म उल्टो पारेर त्यो औषधि जसमा हामी २५ हजार मात्र पाउँछौँ । त्यसको लागि बाँदर निकासी गर्ने हाम्रो धर्म संस्कृतिसँग आवद्ध भारतजस्तो देशले त निकासी अनुमति दिएको छैन । हामी जान्ने भएर हाम्रो धर्म, संस्कृति मास्ने किसिमको काममा लाग्नु हुँदैन । यो कुनै धर्म भन्दापनि बढी संस्कृति सँग सम्बन्धित कुरा हो भनेर मैले भने । बाँदर संरक्षित जनावर होइन । ढेडु बाँदर पर्छ । यो रातो बाँदर पर्दैन । यदि सरकारले चाह्यो भने यसमा निकास दिन सक्छ । तर यो शिकार गर्ने जनावर नभएको हुनाले यसको शिकार हुन सक्दैन । तर यसले दु:ख दिएर मार्नुपर्‍यो भन्ने कुरो उठ्यो भने त्यसलाई सरकारले यो विषयमा निकास दिन सक्छ ।’

बैठकमा बोल्दै लेखक अश्विनकुमार पुडासैनीले पोखरा–१९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसंग निकाल्दै त्यो समाधानको बाटो नभएको बताउनु भयो । उहाँले रुख काटेर बाँदरको समस्या समाधान नहुने बताउनु भयो । त्यस्तै निकासी गरेर वा मारेर पनि समस्याको समाधान नहुने उहाँको भनाई छ । समस्या समाधानका लागि वस्तीलाई व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो – ‘पोखरामा वडा अध्यक्षले बाँदरले दु:ख दियो, त्यहाँ भएको रुख काट भन्नुभएछ । त्यो समाधान होइन । रुख काटेर समाधान हुँदैन । बाँदर मारेर पनि समाधान हुँदैन । बाँदर निकासी गरेर पनि समाधान हुँदैन । वन्ध्याकरण गर्नुपर्‍यो भनेर पनि भन्न थालेका छन् । त्यो पनि समाधान होइन । समाधान के हो त भन्दा जो पीडित छन्, ति पीडितहरु त्यो क्षेत्रमा पुगेर र हाम्रो अवस्था के छ, त्यो हेरेर हाम्रो सांस्कृतिक परम्पराका कुरालाई पनि ध्यान दिएर के हो त समाधान ? हामी समाधान यसरी हेर्न सक्नुपर्‍यो ।’

उहाँले वन्यजन्तु संरक्षणका सन्दर्भमा रहेका ऐन, कानुनहरुलाई समय अनुकुल संशोधन गर्न आवश्यक रहेको धारणा पनि राख्नुभयो । —न्युज एजेन्सी नेपाल