१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

पोखरा १९ वडाध्यक्ष पाण्डे भन्छन्: बाँदर नियन्त्रणका लागि ठूला रुख काट्नु प्राथमिक उपाचार हो

पोखरा १९ वडाध्यक्ष पाण्डे भन्छन्: बाँदर नियन्त्रणका लागि ठूला रुख काट्नु प्राथमिक उपाचार हो
अ अ+ अ-

काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफूले निकालेको सूचनामा कुनै नराम्रो विषय नरहेको दाबी गर्नुभएको छ ।

अध्यक्ष पाण्डेले साविक लामाचौर, पुरुन्चौर क्षेत्र बाँदर अति प्रभावित क्षेत्र घोषणा गर्दै १० दिनभित्र आ–आफ्ना घरवरपरका रुख काट्न सूचना प्रकाशित गरेको विषयमा अहिले विभिन्न टिकाटिप्पणीहरु भइरहेको छन् । आफ्नो निर्णयको सर्वत्र आलोचना भएपछि बाँदरको बारेमा नजानेकाहरुले यसरी टिकाटिप्पणी गरेको उहाँको भनाइ छ । बाँदरको समस्या आफ्नो क्षेत्रमा गम्भीर रुपमा रहेको र पकाएको खानेकुरा समेत खान नपाउने अवस्था सिर्जना भइसकेकाले यो निर्णय लिनुपरेको बताउनु भयो ।

उहाँले आफ्नो क्षेत्रका जनताले बाँदर नियन्त्रण गरिदिए आगामी १० वर्षसम्म आफूहरुलाई केही नचाहिने कुरा राखेको बताउनु भयो । उहाँले गाउँका सबै रुख काट्ने कुरा नगरेको भन्दै ठूला रुख र बाँसका झ्याङहरुको फडानी गर्न आग्रह गरेको बताउनु भयो । काटिएका रुखका स्थानमा लप्सी, काफल लगायतका बोटबिरुवा र फलफूलहरु लगाउने अभियान आफूहरुको रहेको बताउनु भयो । ठूला रुख काट्नु प्राथमिक उपाचार भएको तर रुख काट्दैमा बाँदर सबै नियन्त्रण हुनेकुरा आफूहरुले नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो यहाँ बाँदर नियन्त्रण समिति बनेको थियो । बाँदरको बारेमा नजानेका मानिसहरुले भन्नु स्वभाविक नै हो । शहरकाहरुले भन्नु । वास्तविक यहाँ धेरै गम्भीर तरिकाको छ । बालीनाली भित्र्याउन त परको कुरा पकाएको भातसमेत खान पाएका छैनन् । जनता हामीलाई बाटो चाहिएन, अरु विकास चाहिएन, बाँदर नियन्त्रण गर्नुपर्छ भन्छन् । बाँदर नियन्त्रण गरे अरु १० वर्ष केही बनाउनु पर्दैन भन्ने छ । चर्को जनदबाब छ । त्यो नियन्त्रणका लागि समिति नै बनाएका छौँ । त्यो बुट्टाहरु काट्ने बारेमा चर्को रुपमा लिएको बुझेँ मैले ।’

‘हाम्रो भनाइ के हो भने आफ्ना करेसाबारीका वरिपरि ठूला रुखहरु, बाँसका झ्याङहरु तिनलाई काट्ने भनेको हो । वनमा प्रशस्त खानेकुरा हुन्थे पहिला र वनमै रमाउँथे अहिले बस्ती पातलो हुँदै गयो । हिजो धान रोप्ने ठाउँमा, कोदो रोप्ने ठाउँमा वनजंगल भएको छ । त्यसकारण बाँदरहरुको त्यहीँ आएर त्यहीँ वासस्थान बनाएर स्वास्थ्यमा कमजोर भएका महिला दिदिबहिनीलाई उल्टो आक्रमण समेत गर्दछन् । वर्षेनी ७ जनासम्म मानिस पीडित छन्, आक्रमणबाट । नजिकै भुँईमा भए धपानउ त सकिन्छ भन्ने हो । ठूला रुख भनेको बाँदरको घर हो । त्यो काट्नु भनेको प्राथमिक उपचार हो । शतप्रतिशत नियन्त्रण भयो भोलिबाट बाँदर लाग्दैन भन्ने उद्देश्य होइन । काट्ने मात्रै भनिरहेका छैनौँ, लप्सी, तिजु, काफल जस्ता रुखहरु लगाउने हो । केराहरु रोप्ने हो ।’

यता पोखरा महानगरपालिकाका मेयर धनरान आचार्यले भने वडाध्यक्षले निर्णय गरेर रुख काट्ने अभियान चलाउने विषय कानून सम्मत नहुने बताउनु भयो । उहाँले रुख काट्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐनले एउटा व्यवस्था गरेको बताउनु भयो । उहाँले आफूले वडालाई रुख काट्न रोक लगाउन पाचार गरिसकेको बताउनु भयो । सबै रुख काटेर बाँदर नियन्त्रण हुन्छ भन्नेकुरा नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रुख काट्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐनले एउटा व्यवस्था गरेको छ । पालिका भन्दा बाहिरको हकमा जिल्ला वन कार्यालयसँग समन्वय गरेर गर्र्नुपर्ने र पालिकाभित्रको हकमा कुन रुख कसरी काट्ने भन्ने स्पष्ट व्यवस्था गरको सन्दर्भमा वडा कार्यालयले निर्णय गरेर वा वडाध्यक्षले निर्णय गरेर रुख काट्ने अभियान चलाउने विषय कानून सम्मत हुँदैन । कतिपय कुराहरु ध्यान नपुगेर पनि हुन सक्छ । वडा अध्यक्षलाई निर्णय फिर्ता लिन भनेको छु । बाँदर नियन्त्रण गर्न केन्द्रिय र प्रदेश सरकार हामी सबै लागि रहेका छौं । त्यसको प्रविधि पत्ता लागिसकेको छैन । सबै रुख काटेर बाँदर नियन्त्रण हुन्छ भन्नेकुरा रहेन । ग्लोवल वार्मिङहरु भइरहेको बेलामा अहिले हामीले रुख कटान जस्तो विषयलाई अभिायनका रुपमा अघि बढाउनु स्वभाविक पनि हुँदैन । प्रोसेसमा पनि मिलेन । नगर्नू भनेर पत्राचार गरिसकेका छौँ र त्यसलाई मैले यो प्रोसेस अघि बढाइएको हो । सम्बन्धित वडाले त्यो स्थगित गरिसक्नुभएको छ ।’

प्रमुख आचार्यले सम्बन्धित वडाले अहिले रुख कटानी स्थगित गरिसकेको बताउनु भयो।