५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सापटी फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

आफूले सापटी दिएको पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङ बुंगलका धनबहादुर बोहराले मन्त्री साउदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।

यस विषयमा मन्त्री साउदले भने ईन्कार गरेका छन् । उनले बोहरासँग कुनै लेनदेन नभएको र ज्यान मार्ने धम्की पनि नदिएको बताएका छन् ।

यस विषयमा आवश्यक अनुसन्धान तथा छानबिन हुने कैलाली प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले जानकारी दिए ।