१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह

कृषि समिति सभापति आरजु राणामाथि खनिए सांसद प्रेम सुवाल

कृषि समिति सभापति आरजु राणामाथि खनिए सांसद प्रेम सुवाल
अ अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणामाथि आक्रोशित बन्नुभएको छ ।

सोमवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक थियो । बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूचि रहेको थियो । सोही अनुरुप संशोधनकर्ता सांसदहरुलाई बोलाइएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल समेत उपस्थित हुनुहुन्थ्यो । आफ्नो संशोधन राखिरहेको बेलामा समिति सभापति आरजु राणाले ‘पोइन्ट टु द पोइन्ट गरिदिनुस्’ भनेर सांसद सुवाललाई आग्रह गर्नासाथ सांसद सुवाल सभापतिमाथि खनिनुभएको हो ।

सभापतिले त्यसो भन्नासाथ सांसद सुवालले ‘तपाईहरुलाई घोचेको कुरा मन पर्दैन, तपाईहरुलाई त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि’ भनि प्रतिवाद गर्नुभएको थियो । उहाँले सभापति राणालाई बिपी कोईरालालाई बिपी प्रतिष्ठानमा बेचेको र भ्रष्टाचारको अखडा बनाएको पनि आरोप लगाउनु भयो । उहाँले सभापतिलाई ठूलो कुरा नगर्न भन्दै कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको हो भन्ने कुरापनि आफूहरुलाई सबै थाहा भएको बताउनुभएको थियो । आक्रोशित हुँदै टेबल ठोकेका सांसद सुवाल सभापतिसँगको केही बेरको सवालजवाफपछि शान्त हुँदै पुन: आफ्नो संशोधनका बुँदा राख्नुभएको थियो ।

यस्तो छ सभापति राणा र सांसद सुवाल बीचको सवाल–जवाफ :

आरजु राणा: पोइन्ट टु द पोइन्ट गरिदिनुस् ।

प्रेम सुवाल: पोइन्ट नै हो । तपाईहरुलाई घोचेपछि पोइन्टमा पर्दैन । सबै थाहा छ सभापतिज्यु । तपाईहरुलाई घोचेको कुरा मन पर्दैन सबै थाहा छ हामीलाई । तपाईहरु त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि । गरिब जनताको किन सुन्नुपर्छ ? सबै थाहा छ हामीलाई । प्रजातान्त्रिक समाजवाद पनि थाहा छ । नाटक नै नाटक त हो नि । बिपी कोईरालालाई त तपाईहरुले बिपी प्रतिष्ठानमै बेच्नुभयो नि । भ्रष्टाचारको अखडा सबै थाहा छ हामीलाई । सभापतिज्युले ठूलो कुरा गर्नुपर्दैन । कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको सबै थाहा छ हामीलाई ।

उद्योगमन्त्री: त्यतातिर नजाऔँ माननीयज्यु ।

प्रेम सुवाल: किन नजाने ? किन रोक्नुभयो ? म बोल्दिन के(टेबल ठटाउँदै) उभिएर र पुन: टेबल ठटाए ।

आरजु राणा: रोकेको होइन । रोकेको होइन । प्लिज टु द पोइन्ट गरिदिनुहोस् भनेको हो के । प्लिज बस्नुस् माननीयज्यु । बस्नुस् । आफ्नो पोइन्ट राखेर जानुस् ।

प्रेम सुवाल: तपाईलाई घोचेपछि रोक्ने ? किन रोक्नुभयो ?

आरजु राणा: दुई, तीन वटा बाँकी छ अब । तपाईले गरेर जानुस् । मन्त्रीज्यु कुरिरहनुभएको छ ।

प्रेम सुवाल: त्यसरी रोक्न पाइँदैन । पक्षपात गर्न पाइँदैन ।

आरजु राणा: रोकेको होइन । पक्षपात गरेको होइन ।

प्रेम सुवाल: किन होइन ?

आरजु राणा: पक्षपात गरेको होइन । सिध्याएर जानुस् आफ्नो कुरा । व्याख्या धेरै नगर्नुस् मात्रै भनेको ।

प्रेम सुवाल: (बस्दै) तपाईहरुको समर्थन गर्न आएको होइन म ।

आरजु राणा: समर्थन खोजेको होइन । यो त संशोधन गर्नैपर्छ ।

प्रेम सुवाल: बिरोध गर्नासाथ किन रोक्नुभयो ?

आरजु राणा: मलाई लाग्दैन कि तपाईले गरेको बिरोध हो । मलाइ यो बिरोध होइन जस्तो लाग्छ । यो ठिक छ । संशोधन हाल्नैपर्छ ।

प्रेम सुवाल: आज युवाजति ८० लाख विदेश पठाउनु भयो । आज देश ध्वस्त पार्नुभयो । तपाईहरुले किन रोक्नुभयो ।

अन्य सांसदहरु: नरिसाउनु न माननीयज्यु

आरजु राणा: छोटो मात्रै गर्नुस् भनेको हो । कुरा राख्नुहोस् भनेको हो ।

प्रेम सुवाल: अरु कसैलाई भन्नुपर्दैन । मलाई किन भन्नुपर्छ सभापतिज्यु ? त्यस्तो पक्षपात गर्न पाइँदैन ।

आरजु राणा: ठिक छ ठिक छ प्लिज । तपाई लामै राख्नुस् । लामै राख्नुस् । दिनभरी हामी यहीँ बस्न आएको हो ।

प्रेम सुवाल: यस्तो नचाहिने नचाहिने कुरा । औद्योगिक क्षेत्रहरुमा उत्पादन भएको सबै अधिकांश सामानमा खाद्य स्वच्छता कायम छैन । तपाई उद्योगको मन्त्री(उद्योगमन्त्रीलाई इंकित गर्दै) के यो बोल्न पाउँदैन ?

उद्योगमन्त्री: पाइन्छ, पाइन्छ किन नपाउनु ?

प्रेम सुवाल: तपाईको मातहतको काम राम्रोसँग गर्नुपर्‍यो । जनतालाई धोका दिन पाइँदैन मन्त्रीज्यु ।

प्रेम सुवाल: (पाना पल्टाउँदै आफ्नो संशोधन राख्न शुरु) ६ महिना यता ४ अर्ब रुपैयाँको तरकारी आयात भयो । त्यो पनि विषादी भएको । चेकजाँच गर्नुपदैन ? विषादी भएको तरकारी खुवाउन मिल्छ ? यही हो खाद्य स्वच्छता ? मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहान्छु सभापति महोदयमार्फत धन्यवाद ।