२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साता कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक बढ्यो



अ+ अ-

काठमाडौँ । गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ । आइतबार दोहोरो अङ्कले बढेको परिसूचक आज १० दशमलव २६ अङ्कले उकालो लागेको हो । आज नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेर दुई हजार एक सय चार दशमलव ७२ को विन्दुमा कायम भएको हो ।

तीन सय ११ कम्पनीको एक करोड २३ लाख २२ हजार सात सय पाँच कित्ता शेयर एक लाख तीन हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ५६ करोड ६५ लाख २२ हजार दुई सय ३० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैंकिङ समूह शून्य दशमलव ०६, लघुवित्त समूह शून्य दशमलव ०५ र निर्जीवन बीमा समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूह एक दशमलव ६४ र जलविद्युत् समूह एक दशमलव ०८ प्रतिशतले बढेका छन् ।

युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने गरिमा डिभेन्चर–२०८५ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै रू ६० करोड १६ लाख ७१ हजार आठ सय नौ बराबरको नौ लाख पाँच सय ११ कित्ता शेयर किनबेच भएको छ । रासस