१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

दुर्गन्धित हुँदैछन् कालीगण्डकीका घाट

दुर्गन्धित हुँदैछन् कालीगण्डकीका घाट
अ अ+ अ-

पर्वत, २ : पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन् । शव दाहस्थल र गङ्गास्थलका रुपमा रहेका यहाँका घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धिन बन्दै गएका हुन् ।

पर्वतको सदरमुकाम कुश्माबजार नजिकैका कालीगण्डकी र मोदीखोलाको सङ्गमस्थल प्रसिद्ध मोदीबेनी घाट, फलेवास नगरपालिका–६ मा रहेको जैमिनी घाट, गुल्मी र पर्वतको सङ्गमा रहेको पूर्तिघाट तथा विश्वकै ठूलो शालग्राम शिला रहेको सेतीवेणीलगायतका घाटमा फोहोर थुप्रिन थालेको छ ।

मोदीवेणी नृसिंहधाम व्यवस्थापन समितिका अध्यक्ष केशवदास बैरागीले प्लाष्टिकसम्बन्धी फोहोर बढी रहेकाले समस्या भएको बताउनुभयो । साथै कतिपय जातिमा शव नजलाउने र ढुङ्गाले पुरेर छाड्ने प्रचलनले पनि दुर्गन्ध फैलिएको उहाँको भनाइ छ । त्यस्ता शवका कारण गर्मी मौसममा अत्यधिक दुर्गन्ध फैलिने गरेको उहाँले बताउनुभयो । “केही शव बेवारिसे अवस्थामा पनि घाटमा भेटिन्छन्”, उहाँले भन्नुभयो, “मलामी र भक्तजनहरुले सामग्री जथाभावी फ्याँक्दा नदी किनार फोहोरले भरिन थालेको छ ।”

मोदीवेणी घाटमा दैनिक पाँचवटासम्म शव जलाइन्छ । घाट दुर्गन्धित हुन थालेपछि पछिल्लो समय घाट सरसफाइका लागि पहल सुरु भएको अध्यक्ष वैरागीले बताउनुभयो । फोहर अत्यधिक भएपछि घाट व्यवस्थापन समितिले निश्चित शुल्क लिएर सरसफाइका लागि कर्मचारी नियुक्ति गर्ने तयारी गरेको उहाँको भनाइ छ ।

फलेवास वडा नं ६ र बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरास्थित जैमिनीघाट, पूर्तिघाट र सेतीवेणीमा पनि फोहोरको अवस्था उस्तै छ । व्यवस्थापन समितिको उदासिनताले पनि धार्मिकस्थल र घाटमा फोहोर बढ्दै गएको माघे सङ्क्रान्तिमा स्नानका लागि सेतीवेणीधाम पुग्नुभएका पैँयू गाउँपालिका–५ का वडाध्यक्ष नारायण भुर्तेलको भनाइ छ ।

सेतीवेणीमा नयाँ व्यवस्थापन समिति गठन हुन ढिलाइ भएकाले समस्या देखिएको विहादी गाउँपालिका–६ शालिग्रामका वडाध्यक्ष मनबहादुर बस्यालको दाबी छ । उहाँले अब केही दिनमा नयाँ व्यवस्थापन समिति बनेपछि फोहर व्यवस्थापनको कामसमेत गरिने बताउनुभयो । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशवाट शिला संरक्षणका लागि रु पाँच लाख विनियोजन भएको भन्दै व्यवस्थापन र निर्माण समिति तत्काल गठन गरेर काम थाल्ने उहाँको भनाइ छ ।

त्यसैगरी मोदीवेणी वृद्धाश्रममा ३० वर्षदेखि बस्दै आउनुभएकी सावित्री शर्माले आफूहरुले पटक–पटक शवको उचित व्यवस्थापन गर्न आग्रह गर्दा पनि अटेर भइरहेको बताउनुभयो । कालीगण्डकी नदीको पर्वत खण्डमा पर्ने गोपाङ्घाट, नयाँ पुल, अर्मादी, मालढुङ्गा, खनियाघाट, मिलनचोक र वारीबेनीमा रहेको घाटमा पनि दाहसंस्कार गरिन्छ ।रासस