१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

नेकपा एसले भन्यो: भारतसँग भएका पछिल्ला सम्झौता संवेदनशील छन्, सार्वजनिक हुनुपर्छ

नेकपा एसले भन्यो: भारतसँग भएका पछिल्ला सम्झौता संवेदनशील छन्, सार्वजनिक हुनुपर्छ
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले भारतसँग भएका पछिल्ला सम्झौताप्रति असन्तुष्टि जनाउँदै सरकारसँग सबै सम्झौताका दस्ताबेजहरु माग्ने भएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा नेपाल—भारतको बीचमा भएका सम्झौताहरु सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो ।

उहाँले विभिन्न देशसँग भएका नेपालको प्राकृतिक श्रोत, साधन, उर्जा, जलश्रोत लगायतका सम्झौताहरु माग गरी पार्टीले अध्ययन गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले भारतसँग सरकारले गरेका पछिल्ला सम्झौताहरु संवेदनशील रहेको बताउनु भयो । बैठकले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुको कामको प्रगति विवरण पार्टीमा बुझाउन निर्देशन दिएको छ । पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनबाट उम्मेदवार बनेकाहरुलाई जिताउन पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

उहाँले भन्नुभयो, ‘आजको बैठकले हामीले केही दिनअघि राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । गठबन्धनको तर्फबाट त्यसलाई विजयी गराउन पार्टीका सबै कमिटीहरु, स्थानीय तहका मतदाता, प्रतिनिधि, पार्टी कमिटी सबैलाई एकजुट भइ लाग्न र उम्मेदवार जिताउन पार्टीले पुन: आह्वान गरेको छ । नेपाल र भारतको बीचमा भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा दुई देशहरुको बीचमा भएको केही सम्झौताहरु त्यो अहिले बजारमा चर्चामा रहेका छन् । यी र यस्ता सहमति धेरै देशसँग नेपालले गरेको छ । त्यो कुरालाई सार्वजनिक गर्न हाम्रो पार्टीको केन्द्रिय कमिटीको बैठकले प्रश्ताव गरेको थियो । त्यसलाई सँगै जोडेर पार्टीले यसबारेमा विभिन्न देशसँग भएका नेपालको प्राकृतिक श्रोत, साधन, उर्जा, जलश्रोत जे जस्ता चिजहरु छन् । त्यसको बारेमा गरिएका सदुपयोग गरिने शर्तहरु केके छन्, ती सबै डकुमेण्ट नेपाल सरकारसँग माग गर्ने र पार्टीमा अध्ययन गरी निस्कर्ष निकाल्ने निर्णय गरेका छौँ । किनभने विषयवस्तु संवेदनशील रुपमा बजारमा उठिरहेको छ । पार्टीले कर्तव्य सम्झिएको छ । सरकारमा हाम्रो पार्टीका तर्फबाट जानुभएका मन्त्रीहरुले आजसम्म गरेका कामहरु कस्ता छन्, प्रगति कस्तो छ ? यसको विवरणसहित तत्काल पार्टीलाई विवरण बुझाउन निर्देशन दिएको छ । आउँदो माघको ८ गते दिनको ११ बजे पार्टीको महाधिवेशनको सन्दर्भमा तयार गरिने र गरिएको मस्यौदा राजनीतिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्न समितिको बैठक बोलाइएको छ ।’

बैठकले माघको ८ गते पार्टीको महाधिवेशनको सन्दर्भमा तयार गरिने र गरिएको मस्यौदा राजनीतिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्न समितिको बैठक बोलाएको छ ।