१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

‘हरायो माघे सङ्क्रान्तिको रौनकता’

‘हरायो माघे सङ्क्रान्तिको रौनकता’
अ अ+ अ-

माघे सङ्क्रान्ति पर्वको अवसरमा नेपाल मगर सङ्घ व्यास नगर तनहुँले सोमबार दमौलीमा आयोजना गरेको मेलामा कौरा नृत्य प्रस्तुत गर्दै मगर विद्यार्थी सङ्घका छात्राहरु । तस्बिर : कृष्ण न्यौपाने/रासस

ढोरपाटन (बागलुङ) : बढ्दो आधुनिकता र पश्चिमा संस्कृतिका कारण पछिल्लो समय मौलिक संस्कृति हराउँदै गएका छन् । परम्परादेखि मनाइँदै आएका चाडपर्व तथा रीतिरिवाज अहिले त्यसको महत्व नदिएको पाइन्छ ।

बागलुङका मगर तथा छन्त्याल जातीले आजको दिन अर्थात् माघे सङ्क्रान्तिलाई विशेष पर्वका रुपमा मनाउने गर्दथे । यसअघिका वर्षमा बागलुङ बजारमा ठूलो तामझामका साथ मेला लाग्ने गरेकामा अहिले धेरै ठाउँ सुनसान छन् ।

माघे सङ्क्रान्तिमा आफन्तसँग भेटघाट हुने, खुसी साटासाट गर्ने र होरे कापै ९डम्फु बजाएर नाच्ने० प्रचलन थियो । पछिल्लो समय निसीखोला गाउँपालिका–१ को लेबाङ, निसीखोला–५ को निसी र ६ को भल्कोट गाउँ बाहेक अन्य ठाउँमा होरे कापै खैलने प्रचलन हराएको छ । होरे कापै खेल्ने आफ्नै विधि र प्रक्रिया हुने भए पनि युवा पुस्तामा त्यसको ज्ञान नहुँदा यो प्रचलन ओझेलमा पर्दै गएको छ ।

माघे सङ्क्रान्तिसहित मौलिक परम्परा हराउँदै गएपछि बुढापाका चिन्तित बनेका छन् । डेढदशक अगाडिसम्म मुख्य बजारदेखि ग्रामीण क्षेत्रमा भव्य रुपमा बनाइने यो पर्व अहिले हराउँदै गएको तमानखोला–३ का वीरबहादुर बुढा मगरले गुनासो पोख्नुभयो । पहिलेको जस्तो गाउँमा चाडपर्व मनाउनेहरु कम भएको भन्दै यहाँ भएकाहरुले पनि खास्सै चासो नदिने उहाँको भनाइ छ ।

अहिलेका चाडपर्वमा कुनै रौनकता नै नभएको बुढा मगरले बताउनुभयो । “हामी मगर जातिको सबैभन्दा ठूलो पर्व हो माघे सङ्क्रान्ति, अहिलेका मान्छेले बुझ्दैनन् । हाम्रो जातिको पहिचानसँग जोडिएको छ । अहिले माघे सङ्क्रान्तिमा कुनै रौनकता छैन । पहिलाको जस्तो संस्कृति र पहिचान हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “कापै खेल्ने, मान्यजनबाट आशिष लिने, तरुल, रोटी र खिर खाने चलन थियो । गाउँहरु डम्फुको तालले गुञ्जिन्थे, तर अहिले सबैतिर सुनसान छन् ।”

ढोरपाटन नगरपालिका–६ का ७५ वर्षीय केशवबहादुर छन्त्यालले युवा पुस्ताले माघे सङ्क्रान्तिको महत्व नबुझ्दा मौलिक परम्परा लोप हुने अवस्थामा पुगेको बताउनुभयो । आफूहरुको पालासम्म पूर्खाहरुले जोगाउँदै आएको संस्कृति अहिले संरक्षण गर्न मुस्किल परेको उहाँले सुनाउनुभयो । पहिले–पहिले गाउँमा स्थानीयले माघे सङ्क्रान्तिका लागि तरुल रोप्ने गरेको भन्दै अहिले आयातित तरुलमा निर्भर भएको उहाँको भनाइ छ ।

माघे सङ्क्रान्तिका दिन नयाँ कामको सुरुवात गरे शुभ हुन्छ भन्ने मान्यता राख्दै आए पनि अचेल कसैले मतलब नगर्ने छन्त्यालले बताउनुभयो । “यो बेला गाउँगाउँमा मेला लाग्थ्यो । मेलामाकेटाकेटी भेट भएर गीत गाउने, नाच्ने चलन थियो । गीतबाटै परम्परा जोगाउने खालका सन्देश दिइन्थ्यो । साथै रमाइलो पनि गरिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले हाम्रो पालाको जस्तो हर्षोल्लास छैन । वर्षमा १२ सङ्क्रान्ति हुन्छन्, त्यसमध्ये सबैभन्दा विशेष र महत्वपूर्ण रुपमा माघको सङ्क्रान्तिलाई लिइन्छ । पछिल्लो समय हाम्रा संस्कार संस्कृति र परम्परा लोपहुँदै गएका छन् । यस्ता पर्वलाई सरकारले पनि संरक्षण गर्नका लागि पहल गर्नुपर्छ ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले माघे सङ्क्रान्ति पर्वलाई संरक्षण गर्नका लागि पालिकाले पहल गरेको बताउनुभयो । निसीखोलामा अहिलेसम्म धेरै संस्कृति संरक्षण हुँदै आएकामा अब थप व्यवस्थित र मौलिकरुपमा मनाउने गरी नागरिकलाई सजक बनाइरहेको उहाँले बताउनुभयो । माघे सङ्क्रातिको साइनो खानपानसँग जोडिएको भन्दै ग्रामीण क्षेत्रमा अझ बढी मनाइने उहाँको भनाइ छ ।

“यो पर्व कहिलेदेखि मनाउन थालियो भन्ने एकीन गर्न सकेका छैनौँ, तर पहिले हाम्रा अग्रजहरुले जे जसरी मनाउँदै आउनु भएको थियो, सोही अनुसार हामीहरुले मनाउँदै आएका छौँ । नयाँ पुस्ताका युवालाई पनि यस्ता महत्व बोकेका मौलिक संस्कृतिको संरक्षण गर्न आकर्षित गरेका छौँ”, अध्यक्ष घर्ती मगरले भन्नुभयो, “निसीखोलाको केही वडामा जनजाति समुदायको बाहुल्यता रहेकाले माघे सङ्क्रान्तिको रौनिक अझै छ । पालिकाले हरेक वर्ष मौलिकता जोगाउनका लागि बजेटसमेत विनियोजन गर्दै आएको छ ।”

माघे सङ्क्रान्ति पर्वमा वन तरुल, खिर, घिउ, चाकु, तिलको लड्डु खाने प्रचलन छ । यस्ता खानाको परिकारले शरीरलाई जाडोसँग जुँध्न सहयोग गर्ने स्वास्थ्यकर्मी बताउँछन् । रासस