संखुवासभा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र ज्याङ्मु शेर्पा आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणमा जानुभएको छ ।
ज्याङ्मु शेर्पा भन्नुहुन्छ, 'भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो । म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ । सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुसी लाग्यो । मेरो गाउं र ठाउँको लागी केही गर्नुपर्ने महशुस गरे किनकी त्यहाँ सडक, बिधुत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ । सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।'



(फोटोफिचर)








