१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिन तेन्दुलकरलाई राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा निम्तो



अ+ अ-

एजेन्सी । भारतका सर्वकालीन महान क्रिकेटर सचिन तेन्दुलकरलाई शनिबार अयोध्यामा रामलल्लाको मूर्तिको अभिषेकका लागि आमन्त्रित गरिएको छ ।

२२ जनवरीमा अयोध्यामा प्राणप्रतिष्ठा समारोह आयोजना गरिने छ । यस अवसरको तयारी भइरहेको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा राजनीतिक नेता, खेलाडी, सेलिब्रेटी लगायतको सहभागिता रहने बताइएको छ ।

मेगास्टार रजनीकान्त, स्टार जोडी रणबीर कपुर र आलिया भट्ट, ज्याकी श्राफ, उनका छोरा टाइगर श्राफ र अन्य धेरै कलाकारलाई यसअघि नै आमन्त्रित गरिसकिएको छ ।

रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले सबै निमन्त्रणाको रेखदेख गर्दै ‘प्राण प्रतिष्ठा’ समारोहको तयारीको रेखदेख गरिरहेको छ । उद्घाटन समारोह आउन अब ९ दिन मात्र बाँकी रहेकाले ट्रष्टले विशेष अतिथिलाई उपहार दिनेलगायतको विशेष व्यवस्था गरेको छ ।

साथै, उत्सवको एक भागको रूपमा, विशेष ‘मोतीचूर लड्डू’ पनि कार्यक्रमको दिन अतिथिहरूलाई प्रसादको रूपमा वितरण गरिनेछ ।