८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु

जब माधव नेपाल मन्त्री प्रकाश ज्वालासँग पड्किए…

जब माधव नेपाल मन्त्री प्रकाश ज्वालासँग पड्किए…
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग असन्तुष्ट भएको मात्र होइन, पड्किएका छन् ।

कोरियन भाषा परीक्षा (ईपीएस) मा सहभागी हुन पाउनुपर्ने मागसहित आन्दोलित विद्यार्थीले शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेका थिए । सोही घटनालाइ लिएर उनी विवादमा परेका छन् ।

उनका कारणले नै गाडीमा आगजनी भएको र दुई होनहार युवाको ज्यान गएको सर्वत्र भनिएको छ । घटनालगत्तै आफू पार्टी बैठकमा सहभागी भएर फर्कदा गाडीमा आगजनी भएको मन्त्री ज्वालाले नेता नेपाललाई रिपोटिङ गर्नुभएको थियो । ज्वालाकै भनाइलाई आधार बनाएर नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि मन्त्रीको गुनै गल्ती नभएको भन्दै उनको बचाउ गर्दै आएका थिए । तर उनले ढाँटेको कुरा धेरै टिकेन, सोमबार खुल्यो ।

सोमबार बिहान राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री, सुरक्षानिकायका प्रमुख र सांसदहरुले मन्त्री ज्वाला आन्दोलनस्थलको जानकारी हुदाहुदै सो स्थानमा गएका कारण घटना भएको जनाएका थिए । यति हुँदाहुँदै पनि सोही माधव नेपालले उनको बचाउ गरेकै थिए । जस्तो कि सोमबारै दिउँसो नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता नेपालले ज्वालाको प्रतिरक्षा नै गरेका थिए ।

तर साँझ पार्टीका नेता तथा आफ्ना सम्धी सोमप्रसाद पाण्डेय सहित केही नेता बिच भएको छलफलमा नेता नेपालले घटनास्थलमा ज्वालाको भिडियो हेरेपछि भने नेता नेपालले आफूलाई प्रकाश ज्वालाले ढाँटेको थाहा पाए । त्यसपछि पड्किए माधव नेपाल ।

माधव नेपाल यसरी पड्किएका थिए- प्रकाशजीले मलाई गलत ब्रिफिङ गर्नुभयो, आन्दोलन भएको बाटोमा किन जानु परेको थियो र ? प्रहरीले पनि बाटो सहज छैन भनेकै रहेछ त । मान्छेलाई ढाँट्ने ? यस्तो काम गर्ने ? समाचार स्रोतले नेता नेपालको भनाई उद्धृत गर्दै भन्यो । ‘यसै त पार्टी भित्रबाट ज्वालालाई फिर्ता बोलाउन दबाब परिरहेको थियो, त्यही बेला माधव नेपाल यो घटनापछि झन् अप्ठारोमा पर्नुभएको छ । त्यसैले उहाँलाई अब मन्त्रीबाट फिर्ता बोलाउने सम्भावना धेरै छ’ नेकपा एसका एक सचिवालय सदस्यले भने ।

उनले भने ‘सायद मन्त्रिमण्डलमा अरु फेरबदल तत्काल नभए पनि ज्वालाजी भने चाँडै नै फिर्ता हुनुहुन्छ होला । गएको शुक्रवार ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो । घटनामा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।

यो घटनालाई लिएर देशभरका युवाहरु आन्दोलित हुँदा सरकार पनि अप्ठेरोमा परेको छ । त्यसैले प्रधानमन्त्री प्रचण्ड पनि प्रकाश ज्वालालाई मन्त्रीबाट फिर्ता बोलाएर सरकारका विरुद्धको आक्रोस केही कम गर्नसक्ने योजनामा छन् । सरकारले राष्ट्रियसभाको चुनावपछि मन्त्रिमण्डलमा फेरबदल गर्ने तयारी गरिरहेको भए पनि प्रधानमन्त्री भने प्रकाश ज्वालालाई मन्त्रीबाट निकालेर आफ्ना विरुद्धको आक्रोसमा केही कमी ल्याउने योजनामा रहेको बालुवाटारको स्रोत बताउँछ ।