८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

रोजाइमा गाउँका मौलिक उत्पादन

रोजाइमा गाउँका मौलिक उत्पादन
अ+ अ-

बलेवा । बालबालिका पिङमा रमाइरहेका छन् । किशोरकिशोरी कलाकारका गीतमा झुमेका छन् । कसैलाई खेलको चिन्ता, कसैलाई व्यवसायको चिन्ता ।

बुधबारदेखि सुरु भएको सातौँ बागलुङ महोत्सवको मुख्य मञ्चको दायाँतर्फका प्रदर्शनी कक्ष भरिभराउ छन् । महोत्सवमा पुग्ने अधिकांश त्यहाँ पुग्छन् । ‘बागलुङ ब्राण्ड’ नाम दिइएको कक्षमा जिल्लामा उत्पादन हुने हरेक वस्तुहरुको प्रदर्शनीका लागि राखिएका छन् ।

ताराखोलाको ढुङ्गादेखि जैमिनीको बाँकोको गुन्द्रुक कक्षमा छन् । जिल्लामा सबैभन्दा धेरै प्राङ्गारिक वस्तुहरुको उत्पादन हुने ताराखोलाले महोत्सवबाट ढुङ्गा चिनाउँदै छ । गाउँपालिकाले उद्यम विकास शाखाको व्यवस्थापनमा ताराखोलाको असली ढुङ्गाबाट बनेका सामग्री प्रदर्शनीमा राखेको छ ।

गाउँघरमा चटनी (पिनेर बनाइने अचार)बनाउन काम लाग्ने सिलौटोलगायतका तयारी सामग्री प्रदर्शनीमा छन् । “यो ताराखोलाको असली ढुङ्गा चिनाउनका लागि प्रदर्शनीमा राखिएको हो । धेरैले हेरेर जानुभयो । केहीले किनेर लैजानुभयो”, ताराखोलाकी उद्यम विकास सहजकर्ता निरु घर्तीमगरले भन्नुभयो, “अरु खाद्यवस्तु पनि प्रदर्शनीमा छन् ।”

ताराखोलाको उत्पादन भुटेको मकै, रातो च्याउ, सिल्टीमुर, मकैको आँटो, सिमी, कर्कलोको भुजुरी, मुलाको धजरा, सिन्की (गुन्द्रुक), चुल्ठे अमिलो, सिस्नोको धुलो, अल्लोको कपडा, अल्लो धागो, उनी सल र अल्लोका झोलाहरु तथा हाते कागज प्रदर्शनीमा राखेको छ । किबी फल, निगालोको काइँयोले महोत्सवमा पुग्ने दर्शकलाई आकर्षित गरेको छ ।

“अहिले बिक्री र आम्दानीभन्दा पनि पहिचान र प्रचारका लागि हामीयहाँ आएका हौँ”, घर्तीले भन्नुभयो, “बिक्रीवितरण पनि सन्तोषजनक छ ।” महोत्सवमार्फत जिल्लाको पहिचान दिने तथा स्थानीय उत्पादनको बिक्रीसँगै प्रचारप्रसार गर्ने उद्देश्यले कक्ष राखिएको रुद्रताल सामाजिक उद्यमी महिला सहकारी जैमिनी नगरपालिका–३ दमेकका अध्यक्ष चित्रा छन्त्यालले बताउनुभयो । मकै, भटमास, आलु चिप्स, बाँकोको गुन्द्रक, सिस्नोको पाउडर, मङ्सिरे सिमी तथा भाँगो सहकारीले प्रदर्शनी कक्षमा राखिएको छ ।

महोत्सवमा अन्य प्रदर्शनी कक्षमा भन्दा स्थानीय उत्पादन प्रदर्शनी भइरहेकै कक्षमा दर्शकको चासो बढी रहेको आयोजक संस्था बागलुङ उद्योग वाणिज्य सङ्घका प्रेस सल्लाहकार सुवास आचार्यले बताउनुभयो । “हामीसँग खानादेखि नानासम्मका प्रदर्शनी कक्ष छन्, बालबालिकाले पिङ र बयस्कले ‘बागलुङ ब्राण्ड’ उत्तिकै प्राथमिकतामा राखेका छन्”, उहाँले भन्नुभयो ।

महोत्सवका माध्यमबाट स्थानीय उत्पादनको महत्व बढाउन सहज हुने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै जिल्लामा पाइने भाँगो, गुन्द्रक र रातो च्याउलाई नेपालभर चिनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

महोत्सवमा एक सय २० भन्दा बढी प्रदर्शनी कक्ष छन् । महोत्सव अवधिभर रु १० करोडको कारोबार गर्ने लक्ष्य आयोजकको छ भने करिब सात लाख दर्शकले अवलोकन गर्ने अपेक्षा छ । रासस