६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधि होडमा रहेको आर्सनल फुलहमसँग पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले हार ब्यहोरेको छ । गएराति भएको खेलमा उपाधि होडमा रहेको आर्सनल फुलहमसँग २–१ गोलले पराजित भएको हो ।

खेलको पाँचौं मिनेटमा बुकायो साकाले गोल गर्दै पाहुना टोली आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । यता, २९ औं मिनेटमा राउल जिमेनेजले र ५९ औं मिनेटमा बबी डी कोर्डोभा रिडले गोल गर्दै फुलहमलाई जित दिलाए ।

यो नतिजासँगै आर्सनल २० खेलबाट ४० अंकसहित चौंथो स्थानमा झरेको छ । फुलहम २४ अंकका साथ १३ औं स्थानमा रहेको छ ।