२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सालार’को कमाई तीन दिनमै ४०० करोड पार



अ+ अ-

एजेन्सी । प्रभासको फिल्म ‘सालार’ले तेस्रो दिन ग्लोबल बक्स अफिसमा ४०० करोडको आँकडा पार गरेको छ । दुई दिनमै करिब ३ सय करोड (२९५.७) बक्स अफिस कलेक्सन गरेको यो फिल्मले आइतबार पनि उत्कृष्ट व्यापार गरेको व्यापार विज्ञहरू बताउँछन् ।

सालारको विश्वव्यापी कमाई दिनमा
पहिलो दिन (शुक्रबार) – १७८.७ करोड
दोस्रो दिन (शनिबार) – ११७ करोड
तेस्रो दिन (आइतबार) – १०४.३ करोड
जम्मा कमाई – ४०० करोड

फिल्मले तेस्रो दिन भारतीय बक्स अफिसमा ६१ करोड कमाएको इन्डस्ट्री ट्र्याकर सक्निल्कले जनाएको छ । योसँगै यसको कुल आन्तरिक संकलन २०८ करोड रुपैयाँ पुगेको छ । आइतबार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी ४८.२७ प्रतिशत थियो । उत्तर अमेरिकामा, सालारले अहिलेसम्म ५.१ मिलियन डलर कमाएको छ ।

अर्कोतर्फ शाहरुख खानको फिल्म ‘डंकी’ले चौथो दिन भारतभर ३१ करोड ५० लाखको व्यापार गरेको छ । यससँगै भारतमा कुल १०६ करोड ४३ लाख रुपैयाँ आम्दानी भएको छ ।

प्रशान्त नील निर्देशित फिल्म सालारमा प्रभाससँगै पृथ्वीराज सुकुमारन, श्रुति हसन र टिनु आनन्द पनि महत्वपूर्ण भूमिकामा छन् ।