२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपहाडी क्षेत्र भविष्यको आधार हो: महासचिव पोखरेल



अ+ अ-

भोजपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मेची—महाकाली यात्राले जनतामा उत्साह थपेको बताउनुभएको छ ।

बिहीवार भोजपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा लिएको ठिक निर्णय लिएको भन्ने पुष्टि भएको बताउनु भयो । उहाँले जनतामा निराशा पैदा गर्ने अवस्थालाई यात्राले उत्साह थपेको बताउनु भयो ।

उहाँले गठबन्धन सरकारसँगको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार भइरहेको अवस्थालाई मध्यपहाडी यात्राले असफल बनाएको बताउनु भयो । उहाँले यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार भएको बताउनु भयो । उहाँले पूर्वाधारको विकास र बसाईंसराईको प्रवृत्तिबारे पनि अध्ययन भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समृद्धिका लागि संकल्प यात्रा मंसिर १४ बाट आरम्भ गरेका थियौँ । आज १५ औं दिन भएको छ । हाम्रो यात्रा हामीले जतिबेला यात्राको योजना बनाएका थियौँ । जति ठाउँमा कार्यक्रम गर्ने भनेका थियौँ त्यो भन्दा ज्यादा जनतामा उत्साह देखार्‍पयो । जनता सडकमा आइसकेपछि जनतालाई उपेक्षा गरेर अघि बढ्न सकिँदैन थियो । त्यसैले यात्रा लामो पनि भयो । यात्राका क्रममा रातको १० बजेसम्म पनि सभा गर्नुपर्ने स्थिति भयो । मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा लिएको ठिक निर्णय लिएको भन्ने पुष्टि भएको छ । जनतामा निराशा पैदा गर्ने जुन प्रयास भएको थियो, गठबन्धन सरकारसँगको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार गर्ने, समाजलाई अराजकतातिर लैजाने प्रयास भएको थियो । यो यात्राले ति सबै प्रवृत्तिमाथि विजय हासिल गरेको छ । जनताको अजेय शक्तिलाई पुष्टि गरेको छ । नेकपा एमालेको यो यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार भएको छ । यसले भविष्यमा मुलुकको विकास र समृद्धिको यात्राका लागि महत्वपूर्ण आधार तयार गरेको छ । पूर्वाधारको विकास र बसाईंसराईको प्रवृत्ति जुन पहाडी क्षेत्रमा देखापरेको छ, त्यसलाई कसरी रोक्ने भन्नेबारेमा अध्ययन गर्न हामी चाहन्थ्यौँ । मध्यपहाडी क्षेत्र भविष्यको आधार हो भन्ने पुष्टि भएको छ । जनतामा फैलिँदै गइरहेको निराशालाई तोड्ने कुरामा यो यात्रा सर्वाधिक सफल रह्यो । भविष्यप्रतिको आशा जगाउने कुरामा यो यात्रा सफल भएको छ ।’

महासचिव पोखरेलले मध्यपहाडी क्षेत्र भविष्यको आधार भएको बताउनु भयो । मध्यपहाडी यात्रा जनतामा फैलिँदै गइरहेको निराशालाई तोड्ने कुरामा सर्वाधिक सफल भएको बताउनु भयो ।