११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

विद्यार्थी सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्नुपर्छ: डा दास

विद्यार्थी सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्नुपर्छ: डा दास
अ अ+ अ-

धुलिखेल । शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा गौरीशङ्करलाल दासले विश्वविद्यालयका दीक्षित विद्यार्थीहरु सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्न सक्नुपर्ने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयको आज सम्पन्न २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षाका लागि नमूना संस्थाबाट उत्पादित दीक्षित विद्यार्थीहरु नै समाज परिवर्तनका अगुवा हुन् भन्ने उद्देश्यले काम गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

डा दासले समाज परिवर्तनसँगै देखिने विकृति र विसङ्गतिको अन्त्य गर्न तयार हुनुपर्ने तर्क गर्दै समाजबाट भ्रष्टाचार निर्मूल गर्ने काममा कर्मशील भई लाग्ने बर्ग भनेको पनि विद्यार्थी नै हो भन्नुभयो । समाजमा भ्रष्टाचार र कुरीति बढिरहेको अवस्थामा आफ्नो जीवन चलाउने योग्यता हासिल गर्नेमात्र विद्यार्थीको काम नभएको र समय अनुकूल राज्यले जुटाइदिने सुविधामा नै चुस्त व्यवस्थापन र न्यायोचित वितरणको वातावरणमा काम गर्न सक्नुपर्नेमा सुझाव उहाँले आज दीक्षित भएका विद्यार्थीलाई दिनुभयो ।

दीक्षित भएकामध्ये केही राष्ट्रसेवक हुने अनि केही राज्यको नीतिनिर्माण तहमा पुग्ने सम्भावना रहेको भन्दै उहाँले आफू जुन क्षेत्रमा लानेर सेवा गर्ने हो त्यस कार्यका लागि जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो । डा दासले स्वास्थ्य लगायतका सेवा र सुविधा मुलुकका सबै सर्वसाधारणका लागि सुलभ बनाइदिने काममा लाग्न पनि आग्रह गर्नुभयो ।

समारोहमा उहाँले भन्नुभयो, “आफू सफल बन्ने नाममा, सुखी बन्ने ध्याउन्नमा, अनि शक्तिशाली बन्ने उन्मादमा आफूभन्दा कमजोर मानिसहरूको बाध्यतामा खेल्ने अनि उनका सन्ततिहरूको सफलता र सुखको जरो उखेल्ने काम नगर्नूहोला ।” उहाँले भौतिक सुख सुविधापरस्त जीवनशैलीको उत्कट चाहन लिएर शिक्षा, स्वास्थ्य, सेवा र सम्बन्धलाई हेरियो भने समाजमा सह–अस्तित्वको जग हल्लिने भन्दै प्रतिकुल परिस्थिति र अभावमा पनि काम गर्न सक्ने मानसिकता बनाउन सकेमात्र देशको सेवा हुने पनि सुझाव दिनुभयो ।

डा दासले सन्तानहरू अन्यत्र पलायन भइदिँदा अहिले धेरैजना ज्येष्ठ नागरिकहरू आफैँ संरक्षणको खोजीमा छट्पटाउनुपर्ने स्थितिमा पुगेको तथ्य पनि खोल्नुभयो । जीवनको उत्तराद्र्धमा फेरि आफ्नो खुट्टामा उभिन सङ्घर्ष गर्नुपर्ने परिस्थितिमा आफ्ना मातापितालाई नपुर्‍याउन आग्रह गर्दै उहाँले गाउँघरका विकास कार्यमा सहभागी हुन र ज्येष्ठ नागरिकहरूको अभिभारा बन्न पनि दीक्षितहरुलाई आग्रह गर्नुभयो ।

देशमा लामो समय चिकित्सा सेवा गरेका ९९ वर्षीय डा दासले दीक्षित विद्यार्थीहरुलाई अरूको आलोचनालाई स्वागत गर्न सुझाव दिनुभयो । कसैले गरेको आलोचनाबाट आत्तिने नभएर त्यसबाट आफूले सक्नेजति शिक्षा लिन र त्यो आलोचनाबाट आफूलाई सच्याउने बानीको विकास गर्नुपर्ने सुझाव दिनुभयो । साथै कहिल्यै पनि बिफलताबाट निराश नभई पाठ सिक्नुपर्ने उहाँको सुझाव थियो । उहाँले भन्नभयो, “बिफलतालाई सफलतामा परिणत गर्न सक्ने हुनुपर्छ । विद्यार्थी भनेको वनमा उम्रेको जटीबुटी जस्तै उपयोगी र बहुगुणी हुनसक्नुपर्छ ।”

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले प्रारम्भदेखि नै काठमाडौँ विश्वविद्यालयले वातावरणीय विज्ञान र इन्जिनियरिङ क्षेत्रमा विभिन्न शैक्षिक कार्यक्रमहरूमार्फत जलवायु परिवर्तनलाई सम्बोधन गरी दिगो विकासलाई प्रवद्र्धन गर्ने काम गरेको बताउनुभयो ।

विश्वविद्यालयमा हाल स्नातक तहदेखि ग्लेसियोलोजी, प्राकृतिक स्रोत, वन्यजन्तु व्यवस्थापन, ऊर्जा प्रणालीको योजना र सञ्चालन जस्ता विषयहरू अध्यापन हुँदै आएको र विद्यावारिधिसम्मको अध्यापन हुँदै आएको छ ।

उपकुलपति थापाले गत वर्ष विद्यार्थी भर्ना दर ७० प्रतिशत मात्रै रहेकामा यस वर्ष स्नातक तहमा उपलब्ध सिट सङ्ख्याको ८५ प्रतिशत भर्ना गर्न सफल भएको बताउनुभयो । नेपाली विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विदेश पलायन हुनाले विगतका केही वर्षहरूदेखि नेपालका विश्वविद्यालयमा विद्यार्थी भर्ना दरमा ह्रास आउनु आफैँमा गम्भीर विषय भएको उहाँको भनाइ थियो ।

स्नातकहरूलाई रोजगारीको अनुभूति गराउन सकिएन भने उनीहरूलाई विदेश पलायन हुनबाट पनि रोक्न पनि सकिँदैन भन्ने महसुस गरी उद्योग सहकार्यमार्फत रोजगार योजना सञ्चालन गरेको बताउँदै उहाँले यस वर्षदेखि काठमाडौँ विश्वविद्यालयले एकेडेमिया कार्यको पहलअन्तर्गत शीर्ष स्नातकहरूलाई विश्वविद्यालय वा साझेदार संस्थाहरूमा एक वर्षका लागि रोजगारी सुनिश्चित गर्ने कार्यक्रमसमेत ल्याएको जानकारी दिनुभयो ।

त्यस्तै, विश्वविद्यालयले अस्ट्रेलियामा व्यवस्थापन र सूचना प्रविधिका केही कार्यक्रमहरू छिट्टै विस्तार गर्न लागेको र हङकङमा ब्याचलर इन बुद्धिस्ट स्टडिज कार्यक्रम शुरुआत गर्ने योजनामा रहेको बताउनुभयो । स्वास्थ्य सेवालाई किफायती, पहुँचयोग्य र विश्वव्यापी विकासका साथ अद्यावधिक गर्न काठमाडौँ विश्वविद्यालयले निकट भविष्यमा सुपर स्पेसियालिटी अस्पताल स्थापना गर्ने महत्वाकाङ्क्षी योजनाका लागि पहल गरिरहेको उहाँको भनाइ छ । अहिले मेन्टल हेल्थ रिसर्च सेन्टर सञ्चालनमा आइसकेको र निकट भविष्यमा नै डाइबेटिज रिसर्च सेन्टर र अस्पताल पनि सञ्चालनमा ल्याउने अभियानमा जुटिसकेको उहाँले बताउनुभयो । रासस