११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा

भूकम्प प्रभावित क्षेत्रमा साढे तीन हजार अस्थायी आवास निर्माण

भूकम्प प्रभावित क्षेत्रमा साढे तीन हजार अस्थायी आवास निर्माण
अ अ+ अ-

त्रिवेणी । रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा विभिन्न राजनीति दल सक्रिय छन् । हालसम्म तीन हजार पाँच सय अस्थायी आवासी निर्माण भएका छन् । स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिएको हो ।

भूकम्पप्रभावित क्षेत्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीको सक्रियतामा निर्मित आवासमा भूकम्पप्रभावितलाई स्थानान्तरण गरिएको छ ।

प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माका अनुसार भूकम्पबाट बढी प्रभावित आठबीसकोट नगरपालिकामा एक हजार तीन सय पाँच, सानीभेरी गाउँपालिकामा आठ सय ५४, चौरजहारी नगरपालिकामा छ सय सात, त्रिवेणी गाउँपालिकामा तीन सात, मुसिकोट नगरपालिकामा २४ र बाँफीकोट गाउँपालिकामा ७१ अस्थायी आवास निर्माण गरिएको हो । पहिलो चरणमा एकल महिला, गर्भवती, वृद्धावृद्धा र आफैँ अस्थायी आवास बनाउन नसक्नेलाई लक्षित गरेर अस्थायी आवास निर्माण गरिएको शर्माले बताउनुभयो ।

त्यस्तै, नेपाली कांग्रेस रुकुम पश्चिमले पनि भूकम्पप्रभावित क्षेत्रमा निरन्तर अस्थायी आवास निर्माणमा जुटेको जनाएको छ । हालसम्म नेपाली कांग्रेसले सानीभेरी गाउँपालिकामा २५ र आठबीसकोट नगरपालिकामा ५० गरेर ७५ घरपरिवारलाई अस्थायी आवास हस्तान्तरण गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले तीन सय स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिहेको छ । पार्टीले प्रभावित क्षेत्रमा एक हजार अस्थायी आवास निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको प्रवक्ता ओलीले जानकारी दिनुभयो ।

नेकपा (एमाले)ले रुकुम पश्चिमले तीन सय ४५ अस्थायी आवस निर्माण गरेको जनाएको छ । उहाँका अनुसार भूकम्पप्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न स्वयंमसेवकको लागि लुम्बीनी, गण्डकी र सुदुरपश्चिम प्रदेशबाट दुईसय ५० जना र जिल्लाका ५० जना गरेर तिन सय स्वंयमसेवक अस्थायी आवास निर्माण गर्न परिचालन भएका थिए । पार्टीले हालसम्म आठबीसकोट नगरपालिकामा एक सय ८९, सानीभेरी गाउँपालिकामा ५८, चौरजहारी नगरपालिकामा ८६ र बाँफीकोट गाउँपालिकामा १२ गरेर जिल्लाभर तीन सय ४५ अस्थायी आवास निर्माण गरेको जनाएको छ ।

नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमले पनि पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष ठगेन्द्रप्रकाश पुरीको नेतृत्वमा प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम जारी राखेको छ । आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ५० भन्दा बढी अस्थायी आवास निर्माण गरिसकिएको पार्टीका कर्णाली प्रदेश उपाध्यक्ष तथा अस्थायी आवास निर्माणको नेतृत्व गरिरहनु भएका पार्टी उपाध्यक्ष पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार आठबीसकोट नगरपालिका १४ जामिरेकोटमा १९ वटा लाभग्राहीको अस्थायी आवास निर्माण गरेर नेपाल सरकारका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नन्दा शर्मा चपाईको उपस्थितिमा लाभग्राहीलाई केही दिन अगाडी हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जिल्ल्लामा १७ वटा अस्थायी आवास निर्माण गरेर पीडित परिवारलाई हस्तान्तरण गरेको जनाएको छ । आठबीसकोट नगरपालिकाका मृतक १० परिवारलाई र सानीभेरीमा गाउँपालिकामा एकल तथा अस्थायी आवास बनाउन नसक्ने अवस्थाका सात परिवारका लागि अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरिएको पार्टीका कर्णाली प्रदेश नीति तथा योजना विभाग प्रमुख मानबहादुर शाहीले जानकारी दिनुभयो ।

हालसम्म १९ हजार एक सय ३४ लाभग्राहीलाई पहिलो किस्ताबापत रु २५ हजारका दरले ४७ करोड ८३ लाख ५० स्थानीय विपद् जोखिम न्यूनीकरण कोषमा पठाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । रासस