२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक नीतिमा गरिएको परिवर्तनले घरजग्गा कारोबार र शेयर बढ्न थालेको छ: अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले मौद्रिक नीतिमा गरिएको परिवर्तनको घरजग्गा कारोबार र शेयर बजारमा सकारात्मक असर देखिएको बताएका छन् ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले मौद्रिक नीतिमा गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमश: आर्थिक क्रियाकलापमा प्रतिबिम्बित भइरहेको बताएका हुन् ।

‘जग्गा कारोबार पनि बढ्ने क्रममा छ । उपभोक्तामा मानसिकता आत्मविश्वासको कमीको कुरा छ । उपभोक्ताहरूलाई उपभोग गरौँ कि नगरौँ भन्ने द्विधा छ, लगानीकर्ताहरूलाई लगानी गरौँ कि नगरौँ भन्ने द्विधा छ, त्यो पनि अन्त्य हुँदैछ । सबैतिरबाट आत्मविश्वास जगाउने कुरा गर्‍यौँ भने अर्थतन्त्रले निर्णायक मोड लिन्छ भन्ने यथेष्ट आधारहरू छन् ‘, उनले भने ।

अर्थमन्त्री महतले २०८० चैत्र सम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनसंरचना गर्ने अवधि दिइएको बताए ।