२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अस्तित्व रहेसम्म बुद्धको दर्शन जीवित रहन्छ: प्रधानमन्त्री



अ+ अ-

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अस्तित्व रहँदासम्म बुद्धदर्शन जीवित रहने बताउनुभएको छ । विश्वशान्तिको कामना गर्दै पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आज आयोजित विशेष कार्यक्रममा उहाँले विश्वशान्ति आजको आवश्यकता रहेको बताउँदै हामी यो सन्देश विश्वभर फैलाउन सफल भएको उल्लेख गर्नुभयो ।

भगवान गौतमबुद्धले दिनुभएको उपदेशको आवश्यकता र औचित्य अहिले थप पुष्टि भएको प्रधानमन्त्री दाहालको भनाइ छ । उहाँले त्यस अवसरमा रामग्राम स्तुप विकासको गुरुयोजना कार्यान्वयनको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले रामग्राम स्तुप क्षेत्रको पुन:स्थापना, संरक्षण र विकासका लागि दुरदर्शी काम गर्ने बताउनुभयो । यस कार्यक्रमले विश्वशान्तिका लागि ठूलो सन्देश दिने भन्दै उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेस र आफूले लुम्बिनीमा विश्वशान्तिको कामनाका लागि प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्नुभयो ।

“आजको कार्यक्रमले विश्वसामू नयाँ सन्देश जाने मात्र होइन, रामग्राम स्तूप र समग्र लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । बुद्धकालीन सम्पदाको संरक्षण र विकासका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरिएको बताउँदै उहाँले बुद्धको दर्शन, विचार र उपदेशबाट आफू सधैँ प्रेरित भएको हुँदा बुद्धकालीन सम्पदाको विकासमा आफूले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिलौराकोट, लुम्बिनी र रामग्राम स्तुपलाई समेटेर सरकारले वृहत्तर योजना अघि सारेको जानकारी दिनुभयो । “नेपाल बहुभाषिक, बहुजातीय मुलुक भए पनि सबै धर्म र समुदायले बुद्ध दर्शनलाई अङ्गालेका छन्, यही नै हाम्रो धार्मिक सहिष्णुता हो, यही नै हाम्रो एकताको सन्देश हो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा विदेशी राष्ट्रका प्रतिनिधि तथा बौद्धमार्गीहरुको उल्लेख्य उपस्थिति थियो । शान्तिका अग्रदूत गौतमबुद्धको अस्तुधातु रहेको एतिहासिक तथा धार्मिकस्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री नवलपरासी आउनुभएको हो । रासस