३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोले फालेको आर्मव्याण्ड अक्सनमा राखियो



अ+ अ-

एजेन्सी । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले फालेको  आर्मव्याण्ड आर्थिक संकलनका लागि अक्सनमा राखिने भएको छ । 

कतार विश्वकप २०२२ को युरोपियन छनैट अन्तर्गत सर्वियाविरुद्धको खेलमा रोनाल्डोले आफ्नो गोललाई मान्यता नदिएपछि आक्रोशमा आफुले लगाएको कप्तानको आर्मव्याण्ड फाल्दै मैदानबाट बाहिरिन पुगेका थिए ।

उक्त आर्मव्याण्ड दुर्लभ रोग लागेका एक ६ महिने बालक ग्राभिलो जुर्डेभिचको उपचारको लागि आर्थिक संकलनमा मद्दत पुग्ने भन्दै अक्सनमा राखिने भएको हो । 

एक च्यानलले म्याचको रिप्ले हेर्दै रोनाल्डोकै आर्मव्याण्ड रहेको पुष्टि गरेपछि एक च्यारिटी संस्थासँगै उक्त आर्मब्याण्डलाई अक्सनमा राखिएको छ ।

रोनाल्डोले प्रहार गरेको बल गोललाइन क्रस गरेको देखिएपनि म्याचरेफ्रीले रोनाल्डोको गोललाई मान्यता दिएका थिएनन्।  भिएआर को प्रयोग नभएका कारण पोर्चुगलले गोलको मान्यता नपाउदा पोर्चुगल जितबाट बञ्चित समेत हुन पुगेको थियो । 

उक्त गोलको लागि रेफ्रीसँग उनले आग्रह गर्दा विवादमा आएर उनलाई पहेलो कार्ड देखाइएको थियो ।