२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोले फालेको आर्मव्याण्ड अक्सनमा राखियो



अ+ अ-

एजेन्सी । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले फालेको  आर्मव्याण्ड आर्थिक संकलनका लागि अक्सनमा राखिने भएको छ । 

कतार विश्वकप २०२२ को युरोपियन छनैट अन्तर्गत सर्वियाविरुद्धको खेलमा रोनाल्डोले आफ्नो गोललाई मान्यता नदिएपछि आक्रोशमा आफुले लगाएको कप्तानको आर्मव्याण्ड फाल्दै मैदानबाट बाहिरिन पुगेका थिए ।

उक्त आर्मव्याण्ड दुर्लभ रोग लागेका एक ६ महिने बालक ग्राभिलो जुर्डेभिचको उपचारको लागि आर्थिक संकलनमा मद्दत पुग्ने भन्दै अक्सनमा राखिने भएको हो । 

एक च्यानलले म्याचको रिप्ले हेर्दै रोनाल्डोकै आर्मव्याण्ड रहेको पुष्टि गरेपछि एक च्यारिटी संस्थासँगै उक्त आर्मब्याण्डलाई अक्सनमा राखिएको छ ।

रोनाल्डोले प्रहार गरेको बल गोललाइन क्रस गरेको देखिएपनि म्याचरेफ्रीले रोनाल्डोको गोललाई मान्यता दिएका थिएनन्।  भिएआर को प्रयोग नभएका कारण पोर्चुगलले गोलको मान्यता नपाउदा पोर्चुगल जितबाट बञ्चित समेत हुन पुगेको थियो । 

उक्त गोलको लागि रेफ्रीसँग उनले आग्रह गर्दा विवादमा आएर उनलाई पहेलो कार्ड देखाइएको थियो ।