८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुल बसको ठक्करबाट श्रेष्ठको मृत्यु



अ+ अ-

उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका–१० इक्राहामा आज बिहान १० बजे एक स्कुल बसको ठक्करबाट स्थानीय ६२ वर्षीय जगनारायण श्रेष्ठको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा पब्लिक बोर्डिङ स्कुलको स्कुल बस को१ख २७४८ नंको बसले इक्राहास्थित मदन भण्डारी मार्ग खण्डमा बाटो काट्दै गरेको श्रेष्ठलाई ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको उदयपुर प्रहरीले बताएको छ ।

बसचालक चौनपा–१० इक्राहाका ३८ वर्षीय रत्नबहादुर कार्कीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान शुरु गरेको छ भने श्रेष्ठको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखेको उदयपुरका प्रहरीप्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।