७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

धर्मसभा तत्कालका लागि स्थगित गर्न मुस्लिम धर्मावलम्वीहरुलाई स्थानीय प्रशासनको अनुरोध

धर्मसभा तत्कालका लागि स्थगित गर्न मुस्लिम धर्मावलम्वीहरुलाई स्थानीय प्रशासनको अनुरोध
अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले मुस्लिम धर्मावलम्वीहरुले आयोजना गर्न लागेको धर्मसभा तत्कालका लागि स्थगित गर्न अनुरोध गरेको छ ।

सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले खनार र दुहवीमा आयोजना गर्न लागिएको सो कार्यक्रम स्थगित गर्न आयोजकहरुलाई आग्रह गरेको हो ।

गृह मन्त्रालयको निर्देशन, आयोजक संस्थाहरुसँगको छलफल र जिल्लास्थिति सर्वदलीय बैठकको निर्णयअनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सो कार्यक्रम स्थगित गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उहाँले आयोजक संस्थाहरुले मुलुकको कानुनको पालना गर्न पनि सो कार्यक्रम स्थगित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘इस्लाम धर्मावलम्वीहरुको इस्तिमा कार्यक्रमलाई तत्कालका लागि सुरक्षा संवेदनशीलताका कारण स्थगित गर्न, गराउन भनि गृह मन्त्रालयको लिखित निर्देशन भए बमोजिम आयोजक पक्षसँग पटकपटक छलफल गरेर लिखित सहमती पनि कायम गरिएको अवस्था छ । र, सँगसँगै राजनीतिक दलसँग पनि सर्वपक्षीय र सर्व दलीय बैठक गरेर पनि यो कार्यक्रमलाई स्थगित गर्ने, गराउने गरी निर्णय गरिएको छ ।

सो अनुसार आयोजक पक्षलाई जानकारी पनि गराइसकिएको छ । हामीले अपेक्षा गरेका छौं–यो कार्यक्रम उहाँहरुले स्थगित गर्नुहुनेछ । र, नेपाल सरकारको निर्देशन र कानूनलाई उहाँहरुले पालना गर्नु हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।’

सुनसरीको खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गतेसम्म दुई फरक समूहले छुट्टाछुट्टै मुस्लिम धर्म सभा इस्तिमा कार्यक्रम आयोजना गर्न लागेका थिए । जसलाई गृह मन्त्रालयले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै इजाजत दिन नसकिने जनाएको थियो ।