७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली

यमनविरुद्ध जित निकाल्ने नेपालको अपेक्षा

यमनविरुद्ध जित निकाल्ने नेपालको अपेक्षा
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा मंगलबार यमनबिरुद्ध चुनौति पस्तुत गर्न तयार रहेको बताएका छन् ।

नेपाल विश्वकप छनोटको दोस्रो चरणमा दोस्रो खेल खेल्न लागेको हो । समूह ‘एच’ मा रहेको नेपालले यसअघि संयुक्त अरब इमिरेट्स(युएई)विरुद्ध ४–० को हारपछि यमनको सामना गर्दैछ । नेपालले मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यमनसँग राती ७ बजे खेल्नेछ । सोमवार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान तथा गोलकिपर किरणले यमनसँगको खेल जित्नैपर्ने दबाबमा रहेको र त्यसका लागि टोली पनि मनोवैज्ञानिक रूपमा तयार नै रहेको बताएका हुन् ।

उनले युएईविरुद्धको हार मस्तिष्कबाट हटाइसकेको र नयाँ लक्ष्यसहित तयारी गरिएको उल्लेख गरे । यमन पनि समूहको पहिलो खेलमा बहराइनसँग २–० ले हार व्यहोरेर नेपाल आएको हो । फिफा वरीयतामा १५६ औं स्थानमा रहेको यमन १७३ औं वरीयताको टोली नेपालका लागि बलियो प्रतिद्वन्द्वी हुनेछ । तर, कप्तान किरण खेलाडीहरू बलियो टोली यमनबिरुद्ध मनोवैज्ञानिक रूपमा तयार रहेको बताउँछन् ।

घरेलु मैदानमा खेल्न पाउँदा सबैजना उत्साहित रहेको उल्लेख गर्दै कप्तान किरणले टोलीको समर्थनका लागि दर्शकको राम्रो उपस्थिति रहने समेत विश्वास व्यक्त गरेका छन् । टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अधिकांश नयाँ खेलाडी रहे पनि यमनबिरुद्ध जित निकाल्ने आशा व्यक्त गरेका छन् । युएईसँगको खेलपछि टोलीको तयारी राम्रो भएको र पछिल्लो खेलमा भएको गल्ती सुधार गर्दै जित निकाल्ने उनको भनाइ छ । प्रशिक्षक एनेसले पनि घरेलु भूमीमा समर्थकको राम्रो साथ रहने विश्वास व्यक्त गरे ।

समूहविजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउनेछन् । त्यसैले समूहमा कमजोर मानिएका नेपाल र यमन दुवैका लागि मंगलबारको खेल महत्वपूर्ण रहनेछ । पछिल्ला समय चोटमा रहेका डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर लाकेन लिम्बू र मनीष डाँगीको उक्त खेलमा सहभागिता बारे सबैको चासो थियो । यद्यपि, नेपालका प्रशिक्षक एनेसले युएईबिरुद्ध पहिलो हाफमा चोट बोक्न पुगेका मिडफिल्डर लाकेन यमनबिरुद्ध अनुपस्थित रहने उल्लेख गरे । अनन्तको पुनरागमन हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यमनबिरुद्ध टिकट मूल्य समेत निर्धारण गरिसकेको छ । एन्फाले साधारणतर्फ चार सय र भिआइपी प्यारापिटतर्फ एक हजार रुपैयाँ निर्धारण गरेको छ । सो खेल राती भएकाले एन्फाले समर्थकका लागि २५ वटा बसको व्यवस्था पनि गरेको जनाएको छ । मंगलवारका खेलका लागि नेपालले र यमनले सोमवार दशरथ रंगशालामा साँझ फरकफरक समयमा तयारीसमेत गरेका छन् ।