७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग

पाकिस्तान सेमिफाइनलमा पुग्ने उपाए बताउँदै वसिमले भने – इङ्ल्यान्डलाई ड्रेसिङ रुममा थुन्देउ

पाकिस्तान सेमिफाइनलमा पुग्ने उपाए बताउँदै वसिमले भने – इङ्ल्यान्डलाई ड्रेसिङ रुममा थुन्देउ
अ+ अ-

एजेन्सी । पाकिस्तानका पूर्व क्रिकेटर वसिम अकरमले सेमिफाइनल खेल्ने टोलीका लागि नयाँ सूत्र भनेका छन् । ‘ए स्पोर्ट्स’ च्यानलसँग कुरा गर्दै अक्रमले व्यंग्य गर्दै भने, ‘पहिले ब्याटिङ गर्दै राम्रो स्कोर गरे पाकिस्तानले सेमिफाइनलमा पुग्न सक्छ र त्यसपछि इङ्ल्यान्डको सम्पूर्ण टोलीलाई २० मिनेटसम्म ड्रेसिङ रुममा थुनिदिनुपर्छ ताकि टाइम आउट होउस् ।’

अकरमले नोभेम्बर ६ मा श्रीलंकाका एन्जेलो म्याथ्युजसँगको टाइमआउटको घटनालाई सम्झँदै यस्तो भनेका हुन् । बंगलादेश र श्रीलंकाबीच नोभेम्बर ६ मा दिल्लीमा भएको विश्वकपको खेल इतिहासको पानामा एउटा विशेष घटनाका लागि लेखिएको छ ।

श्रीलंकाको इनिङ्समा एन्जेलो म्याथ्युजलाई टाइम आउट दिइएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याट्सम्यान टाइमआउट भएको यो पहिलो पटक हो ।

श्रीलंकाको चौथो विकेट खसेपछि म्याथ्युज ब्याटिङमा आए तर उनले स्ट्राइक लिन २ मिनेटभन्दा बढी समय लिए । यसैबीच बंगलादेशका कप्तान शकिब अल हसनले टाइम आउटका लागि अपिल गरेपछि अम्पायरले म्याथ्युजलाई आउट घोषणा गरेका थिए ।

पाकिस्तान र इङ्ल्यान्डबीचको यो खेल नोभेम्बर ११ मा अर्थात् भोलि कोलकाताको इडेन गार्डेनमा हुँदैछ । बिहीबार श्रीलंकालाई ५ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले विश्वकप २०२३ को सेमिफाइनलको दौडबाट अफगानिस्तान र पाकिस्तान दुवैलाई लगभग बाहिर गरिसकेको छ ।

श्रीलंकाविरुद्धको खेलमा जितपछि न्युजिल्यान्डको नेट रन रेट ०.७४३ पुगेको छ । पाकिस्तानको नेट रन रेट हाल ०.०३६ छ । पाकिस्तानले सेमिफाइनलमा पुग्ने हो भने इङ्ल्यान्डलाई लगभग असम्भव अन्तरले हराउनुपर्छ ।

पहिलो – पाकिस्तानले पहिले ब्याटिङ गरेमा २८७ रनले जित्नुपर्नेछ । त्यसपछि उसको पनि १० अंक हुनेछ र नेट रन रेट न्यूजिल्याण्ड भन्दा राम्रो हुनेछ । एकदिवसीय इतिहासमा पाकिस्तानको अहिलेसम्मकै सबैभन्दा ठूलो जित २५५ रनको छ ।

दोस्रो – यदि पाकिस्तानले लक्ष्य पछ्याउने हो भने २७८ देखि २८४ बल बाँकी रहँदै लक्ष्य पछ्याउनु पर्नेछ । अर्थात् लक्ष्य अनुसार उसले १६ देखि २२ बल भित्र खेल जित्नुपर्नेछ । आजसम्म विश्वको कुनै पनि टोलीले एकदिवसीय क्रिकेटमा यति थोरै बलमा लक्ष्य हासिल गर्न सकेको छैन ।