७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

के राष्ट्रपति पौडेलले युरोप भ्रमण स्थगित गर्लान् ?

शोकमा रहेका बेला घरको मूली नै विदेश सयरमा निस्कनु अरुको नजरमा समेत नैतिक काम नठहरिन सक्छ

के राष्ट्रपति पौडेलले युरोप भ्रमण स्थगित गर्लान् ?
फाईल फोटो
अ+ अ-

काठमाडौँ । मुलुक यतिबेला राष्ट्रिय बिपत्तीमा परेको छ । जाजरकोट भूकम्पमा परी कम्तीमा पनि १५७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै गत शनिबारको सो भूकम्पबाट भएको क्षतिको यकिन अझै हुन सकिरहेको छैन । उद्धारकर्ताहरुले पहिलो चरणको उद्धारको काम सकिएको बताए पनि अझै जाजरकोट र रुकुम पश्चिमका गाउँ गाउँमा भूकम्पले भत्किएका घरहरुको उत्खनन जारी नै छ । अहिले नै यकिन हुन नसकेको भए पनि अझै पनि कतिपय मानिस पुरिएको हुनसक्ने आशंका गरिएको छ ।

आजदेखि फेरि पीडितले राहात पाउन नसकेका समाचार आएका छन् । पीडितहरु कात्तिकको जाडोमा टेन्टमुनि रात काट्न बाध्य छन् र अझै कतै कतै त टेन्ट पनि पुग्न सकेको छैन । सरकारी उद्धारकर्मीहरुले त्यहाँ पुगेर उद्धार र राहातको काम अघि बढाएका छन् । पराकम्पनहरु आइ नै रहेका छन् र ती पराकम्पनसँगै यहाँका नागरिकको मुटु हल्लिइनै रहेको छ ।

दुईजिल्ला अहिले पीडित भएको भएपनि सिंगो कर्णालीमा नै त्रास छाएको छ । किनभने नेपालमा मूल भूकम्पपछि पनि अर्को भूकम्प या पराकम्पनले ठूलो क्षति पुर्याएको इतिहास छ । यता भूकम्पका विषयमा जानकारहरु पनि पश्चिममा अझै ठूलो भूकम्प आउने बताइरहेका छन् ।

देशले यतिविघ्न विपत्तिको सामना गरिरहेको बेलामा उता राष्ट्रपति कार्यालयले भने राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणको तयारी गर्दै छ । राष्ट्रपतिको युरोप भ्रमणको स्वीकृति नेपाल सरकारले विपत्ति आउनु अघि नै स्वीकृत गरेको भए पनि अहिले देशमा भूकम्पपछिको विपत्तिका बारेमा भने सरकार केही बोलेको छैन ।

यस्तो अवस्थामा राष्ट्रपति विदेश म्रभणमा निस्कनु अत्यन्तै अमिल्दो काम हो । यो अशोभनीय नै देखिने भएकाले राष्ट्रपतिले आफ्नो भ्रमणको विषयमा पुनर्विचार गर्ने अनुमान गरिएको छ । यदि यस्तो अवस्थामा पनि उहाँ विदेश भ्रमणको लामो यात्रामा निस्किने हो भने यसबाट मुख्यतः मानवीय संवेदनशीलतालाई राष्ट्रपति संस्थाले बेवास्ता गरेको अर्थ लाग्छ ।

यता आफ्नो घर शोकाकूल रहेको छ । यस्तो बेलामा घरमूली विदेश भ्रमणमा जाँदा विदेशीले र उहाँका आफ्ना समकक्षीले सोध्ने पहिलो खबर पनि यही शोककै हो । या बोल्ने क्रममा पनि उहाँलाई सबैले यही शोकको सन्देशबाट नै आफेना मन्तव्य सुरु गर्न सक्छन् । कूटनीतिक क्षेत्रमा यो अझै अर्को अशोभनीय हुन जाला । यसरी घर र परिवार शोकमा रहेका बेला घरको मूली नै विदेश सयरमा निस्कनु अरुको नजरमा समेत नैतिक काम नठहरिन सक्छ ।

नेपाल सरकारकी प्रवक्ता सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्म युरोपका तीन देशको भ्रमण गर्ने कार्यसूची रहेको जानकारी दिइन् ।

त्यसमा फ्रान्समा ‘पेरिस पिस फोरम’ मा भाग लिने र त्यसपछि जर्मनी र इटलीको भ्रमण गर्ने कार्यतालिका रहेको छ । तर यो कार्यतालिका र भ्रमणमा नै राष्ट्रपतिले पुनर्विचार गर्नुपर्नेमा उहाँको सल्लाहकार समूहका सदस्यहरुले पनि सुझाव दिएका छन् ।

हालै नेपाल सरकारको सिफारिशमा रिगल भनिने अदालतले नै सजायँ दिएका एक अपराधीलाई माफी मिनाहा गर्दा आलोचित बन्नुभएका राष्ट्रपतिले नागरिकको सान्त्वना र सद्भाव लिनका लागि पनि यो भ्रमण स्थगित गर्नुपर्ने उनीहरुको सुझाव छ ।