२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु



अ+ अ-

कलैया। गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु भएको छ । बारामा कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारमाथि अज्ञात समूहले गोली प्रहार गरेका थिए ।

अज्ञात समूहले उनको टाउको र छातीमा गोली प्रहार गरेका थिए । प्रहारबाट गम्भिर घाईते भएका स्वर्णकारको उपचारको क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको बाराको सिडिओ नवराज सापकोटाले जानकारी दिए । कलैया अस्पतालमा उपचार हुन नसकेपछि उनलाई बयोधा अस्पताल लगिएको थियो ।

गोली प्रहार गर्ने अज्ञात समूहको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।