५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : दक्षिण अफ्रिकाद्वारा इङल्यान्ड २२९ रनले पराजित



दक्षिण अफ्रिकाली टिम खुसी साट्दै ।
अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत मुम्बईको वान्खडे रंगशालामा शनिबार सम्पन्न दिवारात्रि खेलमा दक्षिण अफ्रिकाले डिफेन्डिङ च्याम्पियन इङल्यान्डलाई २२९ रनको विशाल अन्तरले पराजित गरेको छ ।

दक्षिण अफ्रिकाले दिएको ४०० रनको विशाल लक्ष पछ्याउने क्रममा इङल्यान्डले २२ ओभरमा १७० मात्र बनाएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले मार्को यान्सेन र हेनरिक क्लासेनको प्रभावशाली खेलका कारण  सात विकेटको क्षतिमा ३९९ रनको विशाल स्कोर खडा गरेको थियो ।

अफ्रिकाका लागि हेनरिक क्लासेनले ६७ बलमै १०९ रन प्रहार गरेका थिए । पछिल्लो क्रममा आएका मार्को यान्सेनले ४२ बलमै ७५ बनाएर इङल्यान्डको बलिङ आक्रमण तहसनहस पारेका थिए । उनले ६ छक्का र ३ चौका हानेका थिए ।

यस्तै रिज हेन्ड्रीकले ८५, भान डर डुसेनले ६०, कप्तान एडेन मार्करमले ४२ रन बनाएका थिए ।

इङल्यान्डका ब्याट्सम्यानहरु जोनी बेयरस्टोले १०, डेविड मलानले ६, जो रुटले २, बेन स्टोकले ५, जस बट्लरले १५, ह्यारी ब्रुकले १७, डेविड विल्लीले १२, अदिल रशिदले १०, गस एट्किन्सनले ३५ तथा मार्क उडले ४३ रन बनाएर आउट भएका थिए । रिज टप्लेले चोटका कारण खेल्न आएनन् ।

अफ्रिकाका लागि मार्को यान्सेनले २, गेराल्ड कोजीले ३, लुंगी एन्गिडीले २ र कागिसो राबाडा र केशव महाराजले समान १, १ विकेट लिएका थिए ।

यो जितसँगै दक्षिण अफ्रिकाले ४ खेलबाट ६ अंक प्राप्त गरी अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

इङल्यान्ड भने ४ खेलबाट २ अंकका साथ अंक तालिकामा नवौं स्थानमा छ । इङल्यान्डले अप्रत्यासित रुपमा हालसम्म एक खेल मात्र जितेको छ ।