२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिडियाखानामा सटल बसको व्यवस्था गर्दै ललितपुर महानगर



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि सटल बस राख्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर नजिकमा हुने कन्सर्टहरु बन्द गराएको बताउनु भयो । कन्सर्टहरु बन्द हुँदा चिडियाखानामा भएका वन्यजन्तुहरु आरामसाथ निदाउन पाएको उल्लेख गर्नुभयो । उहाँले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै लितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस पटक चिडियाखानामा बालबालिका, वृद्धवृद्धालाई घुमाउनका लागि एउटा सटल बसको पनि व्यवस्थापन गर्न गइरहेका छौँ । म मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर त्यहाँ ठूलो ठूलो कन्सर्टहरु हुन्थ्यो, मध्यरातसम्म, बाघ भालुलाई सुत्नै डिस्टर्ब हुनेगरी । तसर्थ मैले त्यो, बन्द गरिदिएँ । अहिले बाघ भालु आनन्दसँगले सुतिरहेका छन् । यसमा सुधारका धेरै आयमहरु छन् । त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार छ ।’

मेयर महर्जनले ललितपुर महानगरलाई आगामी दुई वर्षभित्र नमूनास्तरको बनाउने बताउनु भयो ।