२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा मृत भेटिएको बाघको शवपरीक्षण



फाईल फोटो
अ+ अ-

जानकी । बाँकेको एक सामुदाकि वनमा मृतावस्थामा भेटिएको पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको छ । डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार २२ दिनपछि बिहीबार पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नेपालगञ्जका पशु चिकित्सक डा शारदा श्रेष्ठका अनुसार उक्त पाटेबाघको परीक्षण रिपोर्टमा आन्तरिक करङमा चोटपटक लागेको, लामो समयदेखि भोको भएको र निमोनियाको सङ्केत देखिएको छ ।

बाघले कुनै पनि विषादी सेवन नगरेको रिपोर्टमा उल्लेख भएको पशु चिकित्सक डा श्रेष्ठले जानकारी दिनुभयो । “उक्त बाघलाई कसैले विषादी सेवन गराएर मारेको हो कि भन्ने आशङ्कामा शवपरीक्षण गरिएको थियो, तर परीक्षणमा बाघको मृत्यु मानिसले मारेको नभई आफ्नै केही रोग र भोकका कारणले मरेको देखिएको छ”, डा श्रेष्ठले भन्नुभयो ।

जङ्गलमा पानीको खाडल नजिक शरीरको पेटको भागमा केही माटो लागेको, शरीरको कुनै पनि भागमा घाउचोट नदेखिएको, झट्ट हेर्दा वृद्ध तथा पेट भोकोजस्तो देखिने, मुखमा तथा अगाडितर्फको खुट्टामा अन्य घरपालुवा जनावरको रगत लागेको मृतावस्थामा फेला परेको जनाइएको छ ।

मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार बाघको मृत शरीरबाट नमूनाहरु सङ्कलन गरेर परीक्षण गरिएको थियो । सङ्कलन गरिएका नमूनाहरुको नेपाल प्रहरीको नेपालगञ्जमा रहेको विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बुढाथोकीले जानकारी दिनुभयो ।

गत असोज १० गते बाँकेको राप्तीसोनारी–२ मदुईस्थित अशोक सामुदायिक वनक्षेत्रको घाटगद्दी स्थानमा उक्त पाटेबाघ बेवारिसे अवस्थामा मृत भेटिएको थियो । रासस