२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले भारतलाई दियो १९२ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ अन्तर्गत पाकिस्तान र भारतबीचको खेल जारी छ । अहमदावादको नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको पाकिस्तान ४२.५ ओभरमा अलआउट हुँदै १९१ रन जोड्यो । उसका लागि कप्तान बाबर आजमले ५८ बलमा ५० रनको पारी खेले भने मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अबदुल्लाह शफिकले २० तथा हसन अलीले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रविन्द्र जडेजा सबैले समान दुई–दुई विकेट लिए ।