२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपालमा आयोजना हुने टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार नेपालले पहिलो खेल यूएईसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित यूएई र हङकङ समावेश छन् । सिरिज कात्तिक १ गतेदेखि कात्तिक १० गतेसम्म काठमाडौँमा सञ्चालन हुने क्यानले जनाएको छ ।

नेपालले पहिलो खेल कात्तिक १ मा यूएईसँग र कात्तिक २ गते हङकङसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । कात्तिक १० गते सिरिजको फाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल बाहेक सम्पुर्ण खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

टी–ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारीस्वरुप त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।