२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानले भारतलाई दियो २७३ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत अफगानिस्तानले भारतलाई २७३ रनको लक्ष्य दिएको छ । दिल्लीस्थित अरुण जेटली मैदानमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७२ रन जोडेको हो ।

अफगानिस्तानका लागि कप्तान हसमतुल्लाह शाहिदीले ८८ बलमा ८० रनको योगदान दिए । यस्तै, अजमतुल्लाह ओमारजाईले ६९ बलमा ६२ रनको योगदान दिए । रहमानुल्लाह गुरबाजले २१, इब्राहिम जद्रानले २२, रहमत शाहले १६, मोहम्मद नाबीले १९, राशिद खानले १६ रन जोड्दा मुजीब अर रहमान १० रन तथा नवीन उल हक ९ रनमा अविजित रहे ।

भारतका लागि जसप्रित बुमराहले चार विकेट लिँदा हार्दिक पाण्ड्याले दुई तथा शार्दुल ठाकुर र कुलदीप यादवले एक–एक विकेट लिए ।