२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशले ठूलो स्कोरको दबाब थाम्न सकेन, विश्वकपमा इंग्ल्याण्डसँग १३७ रनले पराजित



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को खेलमा इंग्ल्याण्डले पहिलो जित निकालेको छ । डिफेन्डिङ च्याम्पियनले बंगलादेशलाई धर्मशालामा १३७ रनको ठूलो अन्तरले पराजित गरेको हो ।

विश्वकपमा बंगलादेशविरुद्धको टोलीको यो सबैभन्दा ठूलो जित हो । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६४ रन बनाएको थियो । जवाफमा बंगलादेश ४८.२ ओभरमा २२७ रन बनाएर अलआउट भयो ।

इङ्ल्यान्डका लागि डेभिड मलानले १४० रन बनाए, उनलाई जो रुटले ८२ रनको इनिङ्ससहित साथ दिए ।

धर्मशालाको ग्रीन टप विकेटमा बंगलादेशले टस जितेर पहिले बलिङ रोजेको थियो । उनको यो निर्णय सहि थियो, इङ्ल्यान्डका ब्याट्सम्यानले पहिलो खेलबाट पाठ लिएर यसपटक सावधानी अपनाए । पिच र परिस्थिति अनुकूल भएपछि ओपनर जोनी बेयरस्टो र डेभिड मलानले तीव्र गतिमा रन बनाउन थाले ।

बेयरस्टोको अर्धशतकपछि जो रुटले पनि ८२ रनको इनिङ खेले । उनले मलानसँग १५१ रनको साझेदारी गर्दै टोलीको स्कोर ३ सयभन्दा माथि पुर्याएका थिए । मलान १४० रन बनाएर आउट भए भने रुट ८२ रन बनाएर आउट भए ।

४० ओभरमा ३ सय रन बनाएको इंग्ल्याण्डले ४ सय रन बनाउने देखिन्थ्यो । तर अन्तिम १० ओभरमा बंगलादेशी बलरले ६ विकेट लिए र इंग्ल्याण्डलाई ६४ रन मात्रै बनाउन दिए । बलिङतर्फ मेहदी हसन मिराजले ४ तथा शोरिफुल इस्लामले ३ विकेट लिए ।

बंगलादेशमाथिको ठूलो जितपछि इंग्ल्याण्ड अंक तालिकाको १०औंबाट छैटौंमा उक्लिएको छ । टोलीको २ अंक छ । बंगलादेशको २ खेलमा १ जित र १ हारका साथ २ अंक छ भने टोली पाँचौं स्थानमा छ ।