एजेन्सी । विश्वकप २०२३ को आठौं खेलमा श्रीलंकाले पाकिस्तानलाई जितका लागि ३४५ रनको लक्ष्य दिएको छ । हैदराबादको राजीव गान्धी स्टेडियममा भएको खेलमा टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ४४ रन बनायो ।
श्रीलंकाका कुसल मेन्डिस (१२२ रन) र सदिरा समराविक्रमा (१०८ रन)ले शतकीय पारी खेले भने ओपनर पाथुम निसान्का (५१ रन)ले अर्धशतकीय पारी खेले ।
पाकिस्तानका हसन अलीले ४ विकेट लिए । यस्तै, हरिस रउफले दुई विकेट लिए भने शाहिन अफ्रिदी, मोहम्मद नवाज र सादाब खानले एक–एक विकेट लिए ।