९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने

भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने
file
अ अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा मंगलवार (भोलि)बाट शुरु हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले सोमवार वसन्तपुरमा पत्रकार भेटघाट कार्यक्रम गरी सो पर्वको शुभारम्भ भोलिबाट हुने औपचारिक जानकारी गराएको हो । जात्राका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा साामाजिक, सांस्कृतिक र धार्मिक क्रियाकलापहरु संचालन भइरहेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्दजात्रा भोलिबाट शुरु हुनेछ । जात्रा अन्तरगत वन प्रस्थान, लिंगो नगर प्रवेशलगायतका कर्महरु सम्पन्न भईसकेका छन । जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्र जात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृति, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवद्र्धनको काम गरिरहेको छ । शान्ति सुरक्षा, सरसफाई, सम्पदाहरुको मर्मत संहार, रङरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत लगायतका काम गरिएको छ । ’

जात्रामा सहभागी हुनका लागि २० जना विदेशी पाहुना आउनेछन् । इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा रही आएको छ । नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रुपमा इन्द्रको पूजा आराधना गर्दछन् । ८ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाईन्छ ।