१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोचुमको पोस्टमा बायर्नले हान्यो सात गोल, केनले गरे ह्याट्रिक



अ+ अ-

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले भिएफएल बोचुमलाई ७–० गोलले पराजित गरेको हो ।

एकतर्फि बनेको खेलमा बायर्नलाई फराकिलो जित दिलाउन ह्यारी केनले ह्याट्रिक तथा दुई असिस्ट प्रदान गरे ।

यस्तै, एरिक मोटिंग, डी लिग्ट, लेरोइ साने र म्याथिस टेलले एक–एक गोल थपे । केनले १२औं, ५४ औं (पेनाल्टी) र ८८ औं मिनेटमा गोल गर्दै ह्याटिर पूरा गरेका हुन् ।

जितसँगै बायर्न ५ खेलबाट १३ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । बोचुम भने समान खेलबाट ३ अंकका साथ १४ औं स्थानमा छ ।