७ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशले भारतलाई दियो २६६ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । एसिया कपको अन्तिम सुपर–४ खेलमा बंगलादेशले भारतलाई जितका लागि २६६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको हो ।

कोलम्बोको आर प्रेमदासा स्टेडियममा पहिले ब्याटिङमा आएको बंगलादेशको सुरुवात खराब रह्यो । टोलीले २८ रनमा शीर्ष ३ विकेट गुमाएको थियो । टोलीले १० ओभरमा ४४ रन बनाएको थियो ।

नम्बर ४ मा खेल्न आएका बंगलादेशका कप्तान शकिब अल हसनले आफ्नो एकदिवसीय करियरको ५५ औं अर्धशतक बनाए । उनले ६५ बलमा अर्धशतक पूरा गरे । शकिबले ८५ बलमा ८० रनको इनिङ खेले । शकिबले ९४.१२ को स्ट्राइक रेटमा रन बनाए । उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, तौहीद हृदयले आफ्नो एकदिवसीय करियरको पाँचौं अर्धशतक बनाए । उनी ५४ रन बनाएर आउट भए । उनलाई मोहम्मद शामीले तिलक वर्माको हातमा क्याच आउट गरेका थिए । तौहिदले ८१ बलको इनिङ्समा ६६.६७ को स्ट्राइक रेटमा रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।

५९ रनमा मेहदी हसन मिराजको विकेट गुमाएपछि कप्तान शकिब अल हसनले तौहिदसँग ५औं विकेटका लागि शतकीय साझेदारी गरे । दुवैले ११५ बलमा १११ रनको साझेदारी गरे । यो शतकीय साझेदारीलाई शार्दुल ठाकुरले शकिबलाई आउट गरेर तोडेका थिए ।

भारतीका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । मोहम्मद शामीले २ विकेट लिए ।

भारतीय कप्तान रोहित शर्माले खेलमा ५ परिवर्तन गरेका छन् । विराट, हार्दिक, बुमराह, सिराज र कुलदीपलाई विश्राम दिइएको छ भने तिलक वर्मा, प्रसिद्ध कृष्ण, सूर्यकुमार यादव, मोहम्मद शामी र शार्दुललाई मौका दिइएको छ ।