२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखको ‘जवान’ले ३ दिनमा कति कमायो ?



अ+ अ-

एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘जवान’ले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ ।

ओपनिङ डेमा ६५ करोड ५० लाखको कमाई गर्दै रेकर्ड राख्न सफल भएको फिल्मले ३ दिनमा उल्लेख्य कमाई गरेको छ ।

फिल्मले बिहीबार ६५.५०, शुक्रबार ४६.२३ र शनिबार ६८.७२ करोड गरी तीन दिनमा १८०.४५ करोडको कलेक्शन गरेको छ । यो आँकडा भारत भित्रको मात्रै हो ।

३०० करोडको बजेट रहेको फिल्मले विश्वव्यापी रुपमा ३८६ करोड कमाई गरिसकेको छ ।

एट्लीको निर्देशन रहेको फिल्ममा शाहरुखका अलावा नयनतारा, विजय सेतुपति प्रमुख भूमिकामा छन् ।