२५ भाद्र २०८३, बिहीबार
,
Latest
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने… बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी हुनु लज्जास्पद ! अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनपछि सचिन तेन्दुलकरले पाए विश्वकप हेर्न ‘गोल्डेन टिकट’



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुँदैछ । यस विश्वकपलाई विशेष बनाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले अभियान सुरु गरेको छ ।

उसले विश्वकप हेर्न देशका प्रतिष्ठित व्यक्तित्वलाई निम्तो दिन थालेको छ । यस अभियानको नाम ‘गोल्डेन टिकट फर इन्डिया आइकन्स’ हो ।

यसअन्तर्गत विभिन्न क्षेत्रमा काम गर्ने दिग्गजलाई विश्वकप खेल हेर्न गोल्डेन टिकट दिइँदैछ । बलिउडका मेगास्टार अमिताभ बच्चनपछि क्रिकेटका भगवान भनिने सचिन तेन्दुलकरको नाम पनि यो सूचीमा थपिएको छ ।

बीसीसीआईले शुक्रबार (सेप्टेम्बर ८) मा ट्विटरमा बोर्ड सचिव जय शाहमार्फत तेन्दुलकरलाई गोल्डेन टिकट दिएको जानकारी दिएको छ ।




भर्खरै