२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रादेशिक क्रिकेट संघ वागमतीको नेतृत्वमा लड्दै पारस, निर्वाचन जारी



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेतृत्व गर्न चाहेको प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको निर्वाचन जारी छ ।

ललितपुरको धोबिघाटस्थित एक होटलमा शुक्रवार प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको दोस्रो साधारण सभा तथा निर्वाचनले नयाँ नेतृत्व चयन गर्दैछ । अहिलेसम्म पारस र चितवन जिल्ला क्रिकेट संघका प्रतिनिध उमेश पियाले वागमतीको नेतृत्वमा दाबी गर्र्दैछन् । यद्यपि, शुक्रवार उद्घाटन सत्र सकिएलगत्तै वर्तमान वागमती प्रदेशका सचिव दुर्गाराज पाठकलगायत सर्वसम्मिति गराउने प्रयासमा जुटेका छन् । वागमती प्रदेशमा कुल ३७ मत छ ।

त्यसमध्ये ६ जिल्लाबाट २४ र कार्यसमितिको १३ जना गरी कुल ३७ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूको चयनबाट आगामी चार वर्षका लागि १३ सदस्यीय प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको नेतृत्व चयन हुनेछ । ६ जिल्ला र वर्तमान कार्यसमितिका ७ सदस्यीयले पारसलाई अध्यक्ष बनाउने सर्वसम्मितिसहित यसअघि नै पत्रकार सम्मेलन गरिसकेकाले उनको दाबेदारी बलियो मानिएको छ । पत्रकार सम्मेलनमा चितवन र नुवाकोटलाई बाहिर राख्दै बाँकी चार जिल्लाले बाँकी पदमा भागभण्डा गर्ने यसअघि नै सार्वजनिक भइसकेको छ ।

शुक्रवार उद्घाटन सत्रमा प्रमुख अतिथि प्रदेश खेलकुद विकास समिति वागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले यो साधारणसभाले आगामी कार्यकालका लागि सक्षम नेतृत्व चयन गर्ने विश्वास गर्दै वागमती प्रदेश खेलकुद परिषद् पनि सदैव सहकार्यका लागि तयार रहेको बताउनु भयो ।

क्यानको नेतृत्व गर्ने लक्ष्यसहित राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिनुभएका पारस प्रदेशको अध्यक्ष जित्दै क्यानको सचिवमा पनि लड्ने योजनामा हुनुहुन्छ । उहाँ काठमाडौं जिल्लाको सदस्य बन्दै प्रदेशको चुनाव लड्न प्रतिनिधि बन्नुभएको थियो । अब प्रदेश पनि जित्दै क्यानकै सचिव बन्ने लक्ष्यमा रहेको उहाँ निकट बताउँछन् ।

आइपिएस एशियाका कोषाध्यक्ष निरन्जन राजंवशीले पछिल्ला समय नेपाली क्रिकेटबाट आम मानिसका साथै क्रिकेटप्रेमीले धेरै अपेक्षा गरिरहेको र त्यसका लागि वागमती प्रदेश क्रिकेट संघले भुमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।