१ आश्विन २०८३, बिहीबार
,
Latest
सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी



अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मुस्ताङको मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘टिस्यु कल्चर बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी थप गर्न पहल गरिने बताउनुभएको छ ।

घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ को उद्घाटन कार्यक्रममा सहभागी हुन मुस्ताङ आइपुग्नुभएका मन्त्री चौधरीले आज घरपझोङ गाउँपालिका–२ मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रको अवलोकनका क्रममा यस्तो बताउनुभएको हो । केन्द्रका प्रमुख प्रकाश पन्थले केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी आवश्यक रहेको भन्दै मन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले केन्द्रका गतिविधि, कार्यक्रम, समस्या तथा चुनौतीबारे पनि जानकारी गराउनुभयो ।

जवाफमा मन्त्री चौधरीले फलफूलबाट उत्पादित मदिराको अन्तःशुल्कसम्बन्धी बेरुजु समस्या समाधान गर्न ‘बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी थप गर्न पहल गरिने बताउनुभयो । उहाँले सानो बजेटबाट स्याटेलाइट फार्म स्थापना गर्दा समय लाग्ने भएकाले त्यसलाई परियोजनाका रूपमा अघि बढाउन आवश्यक छलफल गरिने आश्वासन दिनुभयो । केन्द्रका प्रमुख पन्थका अनुसार स्थापना भएको करिब ५० वर्षपछि पहिलोपटक मन्त्रिस्तरीय भ्रमण भएको हो ।

मन्त्री चौधरीले केन्द्रमा उत्पादित स्याउलगायत शितोष्ण फलफूल, तरकारी तथा कृषि प्रशोधनजन्य उत्पादनका प्रदर्शनी कक्षको अवलोकन गर्नुभएको थियो । विसं २०२३ मा स्थापना भएको शितोष्ण बागवानी विकास केन्द्रले मुस्ताङका किसानलाई फलफूल तथा तरकारीखेती र प्रविधि प्रसारसम्बन्धी ज्ञान तथा सीप हस्तान्तरण गर्दै आएको छ । केन्द्रका चारवटा ब्लकमा करिब ९०० रोपनी क्षेत्रफलमा फलफूल, तरकारी तथा अन्य कृषि बालीको उत्पादन, अनुसन्धान, अन्वेषण र क्षमता विकासका काम हुँदै आएका छन् ।