७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी

संघीय कानून बन्न नसक्दा स्थानीय तह पूर्ण रुपमा चल्न सकेनन्: नेता सिंह

संघीय कानून बन्न नसक्दा स्थानीय तह पूर्ण रुपमा चल्न सकेनन्: नेता सिंह
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसदले तीन तहको सरकारलाई सुचारु रुपमा सञ्चालन गराउनका लागि आवश्यक संघीय कानूनहरु बनाउन नसकेको बताउनुभएको छ ।

आईतवार नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संघले आवश्यक कानूनहरु निर्माण गर्ने हो भने स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाहीहरु अघि बढाउन सक्ने उल्लेख गर्नुभयो । उहाँले पछिल्लो सयम युवाहरु देश छोडेर पलायन भइरहेको बारे चिन्ता व्यक्त गर्दै सरकारले युवाहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताउनु भयो । उहाँले सरकार र सबै राजनीतिक दलहरुले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारलाई सुचारु रुपमा सञ्चालन गर्न आवश्यक संघीय कानूनहरु जुन अभावको कारणले फुल फ्लेजिट रुपमा काम गर्न पाइरहेको छैन, त्यो गराउन हामीले संघीय विधेयक ल्याउनुपर्छ, ऐन बनाउनुपर्छ, शिक्षा ऐन बनाउनुपर्छ, तमाम यस्ता संघीय कानून बनाइसकेपछि प्रान्तिय कानून र स्थानीय सरकारले पनि आफ्ना कानून बनाउन बाटो सुचारु रुपले जाने हुन्छ । लाखौंलाख संख्यामा युवाहरु कामको खोजिमा विदेशिएका छन्, अहिले त यहाँ व्यवसाय गरेर खाइरहेका पनि विदेश जाँदैछन् । अहिले सरकारले सबै दलले ध्यान दिएर देशमै बसेर गरिखाने वातावरण नीति बनाइदिनुपर्छ । सबैलाई यहीँ काम गर्ने वातावरण बनाउनुपर्छ । कानूनको राज हुनुपर्छ ।’

कोशी प्रदेशमा भइरहेको आन्दोलनबारे नेता सिंहले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक देश भएको उल्लेख गर्दै सबैले बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक देश मानिसकेपछि कानूनभित्र बसेर सबैले काम गर्नुपर्ने बताउनु भयो । उहाँले एकअर्काबीच हुने मनमुटावलाई सरकारले समाधान गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान बनाउँदा नै हामीले भनेका छौँ । यो बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक देश हो भनेर मानेका छौँ । त्यो मानिसकेपछि कानूनभित्र बसेर काम गर्नुपर्छ, त्यो बिथोलिए सरकारले समाधान गर्नुपर्छ । धर्मलाई राजनीतिसँग जोड्नु हुँदैन । काँग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ, देशको धर्म हुँदैन तर व्यक्तिको आस्थाअनुसार हुन्छ । नेपाल सबैका लागि हो, सबै सहअस्तित्वमा सद्भाव गरेर अर्को धर्मलाई आँच नआउने गरी काम गर्नुपर्छ । सामाजिक सद्भावलाई खलबल गर्नु हुँदैन ।’

नेता सिंहले नेपाल सबैका लागि भएकाले धर्मलाई राजनीतिसँग नजोडिकन सहअस्तित्वमा सद्भाव कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।