१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

तीन दशकदेखि लगातार ओरालो लाग्दै पर्वतको जनसङ्ख्या

तीन दशकदेखि लगातार ओरालो लाग्दै पर्वतको जनसङ्ख्या
अ अ+ अ-

पर्वत । पर्वत जिल्लाको जनसङ्ख्या विगत ३० वर्षयता लगातार घट्दै गएको पाइएको छ । पछिल्ला तीनपटक भएका जनगणनाको तथ्याङ्कमा जनसङ्ख्या घट्दै आइरहेको देखिएको हो । विसं २०५८ मा एक लाख ५७ हजार आठ सय २६ जनसङ्ख्या रहेकामा २०६८ सालमा एक लाख ४५ हजार पाँच सय ९० मा झरेको थियो ।

विसं २०७८ को गणनामा भने झनै घटेर एक लाख ३० हजार आठ सय ८७ कायम भएको छ । वृद्धिदर हेर्दा २०५८ सालमा शून्य दशमलव ९५ प्रतिशत वृद्धिदर रहेकामा २०६८ मा शून्य दशमलव ७४ प्रतिशत रहेको रहेको थियो । जनसङ्ख्या कम भएसँगै जनघनत्व पनि घटेको छ । प्रति वर्गकिलोमिटरमा २०५८ मा तीन सय १९, २०६८ मा दुई सय ९७ र २०७८ मा दुई सय ६५ जना बसोबास गरेको देखिएको छ ।

राष्ट्रिय जनगणना, २०७८ मा जिल्लाको नतिजा बिहीबार सार्वजनिक गर्दै तथ्याङ्क सहायक सुरेन्द्रराज पौडेलले २०६८ को जनगणना र २०७८ को जनगणनाको १० वर्षे अवधिमा पर्वतमा माइनस एक दशमलव शून्य नौ प्रतिशत वृद्धिद्धर रहेको बताउनुभयो । सातवटा स्थानीय तह रहेको जिल्लामा ती सबै स्थानीय तहको जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेको छ । बिहादी गाउँपालिकामा सबैभन्दा धेरै माइनस दुई दशमलव शून्य पाँच तथा जलजला गाउँपालिकामा माइनस शून्य दशमलव १५, कुश्मा नगरपालिकामा माइनस शून्य दशमलव ३७, महाशिला गाउँपालिकामा माइनस एक दशलव ८७, मोदी गाउँपालिकामा माइनस एक दशमलव १९ र फलेवास नगरपालिकामा माइनस एक दशमलव ८० प्रतिशत रहेको छ ।

विसं २०७८ को तथ्याङ्कअनुसार बिहादीमा १० हजार आठ सय २८, जलजलामा २१ हजार एक सय १९, कुश्मामा ३८ हजार एक सय एक, महाशिलामा आठ हजार एक सय ३६, मोदीमा १८ हजार सात सय ९४, पैयुँमा १२ हजार सात सय ७५ र फलेवासमा २० हजार चार सय ६८ जनसङ्ख्या रहेको छ । होस्टल, इन्स्टिच्युट वा ब्यारेकमा बस्दै आएकाहरूलाई संस्थागत जनगणना भनी राखिएको छ । पर्वतमा त्यस्तो जनसङ्ख्या नौ सय २३ रहेको देखिएको छ ।

जिल्लामा पुरुषको कुल सङ्ख्या ६१ हजार छ सय ७८ र महिलाको सङ्ख्या ६९ हजार दुई सय नौ रहेको छ । तथ्याङ्क सहायक पौडेलका अनुसार जिल्लामा कुल परिवार सङ्ख्या ३६ हजार एक सय ३७ रहेको पाइएको छ भने परिवारको औसत आकार (परिवारमा सदस्य सङ्ख्या) तीन दशमलव ६२ देखिएको छ तर २०६८ को गणनामा परिवारको औसत आकार शून्य दशमलव एक रहेको थियो । यो तथ्याङ्कले सन्तान कम जन्माउने वा संयुक्त परिवारभन्दा एकल परिवारमा बस्न रुचाउनेहरूको सङ्ख्या बढी भएको देखिएको छ ।

जिल्लाका ३६ हजार एक सय ३७ परिवारमध्ये ११ हजार सात सय ७२ वटा परिवारबाट कम्तीमा पनि एक जना विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । ती परिवारबाट दुई हजार तीन सय ३२ महिला र १४ हजार एक सय १४ पुरुष गरी कुल १६ हजार चार सय ४६ जना वैदेशिक रोजगारीमा रहेको देखिएको छ ।

यस्तै चार हजार दुई सय ५९ जनामा अपाङ्गता रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्कअनुसार पाँच वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्याको साक्षरता प्रतिशत देशभरमा ७६ दशमलव दुई प्रतिशत रहेकामा पर्वतमा भने ८० दशमलव १२ प्रतिशत रहेको छ ।

यसपटक भएको जनसङ्ख्या देशको १२औँ जनगणना हो । यसपटकको गणना ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ सञ्चालन गरिएको थियो । जनगणनाका लागि तथ्याङ्क सूचीकरणको काम २०७८ भदौ ३० देखि असोज १८ सम्म भएको थियो भने तथ्याङ्क सङ्कलनको काम २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

जनगणनाबाट प्राप्त भएको तथ्यलाई सामाजिक तथा आर्थिक अवस्था थाहा पाउन, जनसङ्ख्याको प्रक्षेपण गर्न, कृषि गणना तथा अन्य सर्वेक्षणमा नमूना छनोट गर्न, विकासका लक्ष्य मापन गर्नलगायत क्षेत्रमा प्रयोग गर्ने गरिएको छ । रासस