८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

वैदेशिक रोजगारीमा गएकाहरुको पीडालाई सम्बोधन गर्न सरकारले हेल्प डेस्कको निर्माण गर्नुपर्छ: प्रदिप पौडेल

वैदेशिक रोजगारीमा गएकाहरुको पीडालाई सम्बोधन गर्न सरकारले हेल्प डेस्कको निर्माण गर्नुपर्छ: प्रदिप पौडेल
अ+ अ-

सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले वैदेशिक रोजगारीका गएकाहरुको पीडा सम्बोधन गर्नका लागि सम्बन्धित मन्त्रालय र निकायहरुमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

वैदेशिक रोजगारीमा गएकाहरुको शव ल्याउन सक्ने अवस्था समेत राज्यले गर्न नसकिरहेको उल्लेख गर्दै उनीहरुलाई ट्रयाकिङगरी आपत परेका बेलामा सहयोग गर्नका लागि सम्बन्धित मन्त्रालय र राजदुतावासहरुमा हेल्प डेस्कको आवश्यक व्यवस्था मिलाउन उहाँले सरकारसँग माग गर्नु भएको हो ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले वैदेशिक रोजगारीमा गएका नागरिकहरुलाई विपद् पर्दा सरकार सहयोगी बन्न नसकेको उल्लेख गर्दै त्यसमा सहयोगी हुने गरी संयन्त्रहरुको निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले एयरपोर्ट देखिनै विदेशमा गएका नेपाली कामदारहरुको ट्रयाकिङ गर्न सके उनीहरुको पीडाको सुनुवाई गर्न सहज हुनेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद पौडेलले भन्नु भयो, ‘विदेशमा रहेका नेपालीहरुलाई जुन विपद पर्छ । त्यो विपदमा सरकार सहयोगी बन्न सकिरहेका छैन । यो एक हप्ता अगाडिको विषय हो । मलेसियामा रोजगारीका लागि गएका एक जना एमलाल परियारको मृत्यु भयो । उहाँको लास नेपाल ल्याउनका निम्ति परिवारले सबैतिर याचना गरिरहेको छ । यसरी यस्तो गम्भिर विषयमा सरकारले किन प्रभावकारिता बढाउन सक्दैन ? कतिपयको मृत्यु हुन्छ । तर त्यो जानकारी उसको परिवारलाई हुँदैन । कतिपयको मृत्यु भएको वर्षौ पछि मात्रै जानकारी हुने स्थिति भएको छ । त्यसैले नेपालबाट रोजगारीका लागि विदेश जाने नेपाललाई एयरपार्टदेखिनै ट्रयाकिङ गर्ने व्यवस्था गरियोस् ।’

‘ऊ कहाँ गएको हो ? गएको ठाउँमा पुग्यो कि पुगेन ? त्यहाँ गएर उसले सम्झौता अनुसार रोजागारी पायो कि पाएन ? काम गर्ने सन्दर्भमा ऊ विरामी भयो कि वा कुनै दुर्घटनामा पर्‍यो कि ? कुनै विपदमा पर्‍यो कि ? त्यसको ट्रयाकिङ गर्ने व्यवस्था सरकारले गर्न जरुरी छ । सरकारले परराष्ट्र मन्त्रालयमा, सम्बन्धित देशको दुतावासमा, श्रम मन्त्रालयमा सबैतिर यो सम्बन्धि सहयोग गर्ने डेस्क निर्माण गरोस् । यो भयावह स्थिति छ । सबैको कुरा सतहमा आएको छैन । सतहमा नआएका थुप्रै घटनाहरु छन । हामीलाई सहयोग गर्न धेरैले भनिरहनु भएको हुन्छ । त्यसैले व्यक्तिले होइन, सिष्टमले सहयोग गर्ने व्यवस्था गरौं । म यसतर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

सांसद पौडेलले धेरै नेपालीहरुले काम गर्ने क्रममा विदेशमा ठूलो पीडा भोग्नु परेको भएपनि त्यसमा सरकार गम्भिर नभएको गुनासो समेत गर्नु भयो ।