३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्नुपर्छ: काँग्रेस सांसद गौतम



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गर्नु भएको छ ।

सांसद गौतमले धर्मको नाममा जलहरी चढाउनेजस्ता नौटंकी बन्द गरी पशुपतिनाथमा चढाइएका सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गर्नु भएको हो ।

मंगलबार प्रतिनिधिसभाको दोसो बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै पशुपतिनाथमा अर्पित जलहरीमा आफ्नो नाम लेखाएको भन्दै निन्दा र भत्सर्ना समेत गर्नु भयो । त्यस अवसरमा सांसद गौतमले पशुपतिनाथको मन्दिरमा दान पेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुराहरु बाहिर आएको उल्लेख गर्दै त्यसबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘भाङग्रा ओढी बाघको छाला बस्ने भोले बाबाले मलाई सुनको जलहरी चढाऊ भनेका थिए कि । नत भोलेनाथलाई सुनको जलहरी चढाउँदा शिवलिंगको मौलिक स्वरुपनै दर्शन गर्न पाईने हुन्छ कि । आराध्यदेव पशुपतिनाथलाई जथाभावी विवादमा ल्याएर सारा हिन्दुहरुको भावनामा चोट पुग्ने काम भएको छ सभामुख महोदय । गर्भ गृहमा रहेको शिवलिंगलाई छुन त हुँदैन भन्ने मान्यता हाम्रो परम्परा छ । धर्मको नाममा नौटंकी बन्द गराई चढाइएको सबै सुन राज्य कोषमा दाखिला हुने गरी पशुपतिनाथको मौलिक स्वरुप देखिने गरी पुरानै अवस्थामा राखियोस् भनि म आग्रह गर्न चाहन्छु सभामुख महोदय ।’

‘पशुपतिमा अर्पित जलहरीमा ढिलै भएपनि अख्तियारले परीक्षण गर्नु राम्रो कुरा हो सभामुख महोदय । तर उक्त जलहरीको परीक्षणगर्दा १३ जनाको नाम पार्वतीका अंगका रुपमा पूजिने जलहरीको सुवर्णपेटिकामा कुँदेर लेख्ने मोह अति निन्दनीय मात्रै होइन, भत्सर्नायोग्य पनि छ सभामुख महोदय । म भगवानको गर्भगृहमा आफ्नो नाम लेखाउने मोह जाग्नु, यस्तो बुद्धि कहाँबाट प्रकट हुन्छ सभामुख महोदय । हामीले भगवानको अंगको रुपमा पुज्ने पेटिकामा दैनिक तन्त्र र वैदिक विधिपूर्वक अडचना हुन्छ सभामुख महोदय । पशुपतिनाथकै मन्दिरमा बरु दान पेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुराहरुको सत्यतथ्य जानकारी पनि यस सदनलाई दिनु पर्छ भन्ने मेरो आग्रह गर्न चाहन्छु ।’

सांसद गौतमले पशुपतिनाथमा चढाइएको सुनको जलहरी अख्तियार दूरुपयोग अनुसन्धान आयोगले परीक्षण गर्नु भने राम्रो काम भएको बताउनु भयो ।